कोभिशिल्ड’खोप नेपाली सांसदहरुले लगाउने
सरकारले कोभिड १९ संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ । सरकारले भारत थय खरिद गरेको खोप अभियान देश भर संचालन भईरहेको छ ।
२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो ।
१९ गतेदेखि खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।
उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए।
सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिलाई माघ १४ देखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।
अहिले सरकारले कोरोना भाइरसविरुद्धको थप पचास लाख डोज खोप किन्ने तयारी गरेको छ । भारतको सेरम इन्सिट्युटले नै उत्पादन गरेको खोप सरकारले खरिद गर्ने भएको हो ।
सुरुमा भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । त्यसपछि सरकारले २० लाख डोज खोप खरिद गरिसकेको छ ।


