कोरियाली प्रायद्वीप समस्या समाधानमा चीनको जोड
राष्ट्रसंघ । चीनले कोरियाली प्रायद्वीप समस्या समाधानमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ श्वाङले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उन ले उक्त कुरामा जोड दिएका हुन् ।
उपप्रमुख गेङले हालैका वर्षहरूमा केही देशले प्रायद्वीपको मुद्दालाई जानाजानी तनाव सृर्जना गर्ने, हिन्द–प्रशान्त रणनीतिमा प्रायद्वीपलाई समावेश गर्ने, गठबन्धन र साझेदारीलाई बलियो बनाउन र यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाउने प्रयास भइरहेको यथार्थ सुनाए ।
वार्ताको माध्यमबाटै प्रायद्वीपलाई समस्याबाट मुक्त गर्न सकिने विचार व्यक्त गर्दै उनले त्यहाँ तनाव कम गर्न र राजनीतिक समाधानलाई बढावा दिन सुरक्षा परिषद्ले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कोरियाली प्रायद्वीपका समस्या समाधानका निम्ति चीन, रुस र अन्य देशले प्रस्तुत गरेका उचित प्रस्तावलाई केही देशले बेवास्ता गरेका तथा प्रतिबन्ध र दबाबबाटै निकास निष्कन्छ भन्ने लघु सोचप्रति उनले दुःख व्यक्त गरे । रातोपाटी


