१ श्रावण २०८३, शुक्रबार

कोरेक्स सहित दुई पक्राउ

एसीपी संवाददाता

१८ आश्विन २०७७, आईतवार १०:१२ मा प्रकाशित

बाँके प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

शनिबार साँझ ५ बजेको समयमा बाँकेको डुडुवा गाउँपालिका ४ खालेमसाह स्थित इलाका प्रहरी कार्यालय बनकट्टि ” बाँकेबाट खटिएको प्रहरी टोलिले लु ६१ प ६७२७ नं. को मोटर साइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उक्त टोलिले चेकजाँच गर्दा नेपालगंज २० मनिकापुरका ईन्द्र देब खटिकले चलाएको ऐ.मो.सा.पछाडि सवार डुडुवा गाउँपालिका ५ जगदहवाका २७ बर्षिय कृष्ण सुनारले समातेको आलुको बोरा खोली हेर्दा उक्त बोरा भित्र २३ सि.सि.(प्रती सि.सी.१०० मि.लि.)कोरेक्स सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

उनीहरुलाइ नियन्त्रणमा लिइ आवस्यक अनुसन्धान भईरहेको उक्त प्रहरी कार्यालयले जनाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x