१६ आश्विन २०८३, शुक्रबार

कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको-देउवा

एसीपी संवाददाता

२५ भाद्र २०७७, बिहीबार ०७:४९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनुएको छ ।


बीपी जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा देउवाले कोरोनाले संक्रमण बढे पनि सरकारले पिसिआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको आरोप पनि लगाउनुभयो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको पनि देउवाको भनाइ थियो । त्यस्तै उहाले

पार्टी भित्रको विवाद आजको नभएको भन्दै विगतमा जस्तो नेताहरूले पार्टी छाड्नुपर्ने अवस्था आउन नदिने स्पष्ट पार्नुभयो । निष्पक्ष महाधिवेशन गर्न आफू तयार रहेको उहाको भनाई छ । देउवाले अहिलेको अवस्थामा महाधिवेशन हुन नसक्ने भए पनि सहमतिको आधारमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कोरोना महामारीका कारण कांग्रेसले यस बर्ष भर्चुअल रुपमा बीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपीको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । बीपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाको क्यान्सर रोगका कारण विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x