२ श्रावण २०८३, शनिबार

कोरोना अपडेट ३७ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार १२:०२ मा प्रकाशित

कैलालीबाट समाचार

कैलालीका ३७ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार २७२ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ४ का ७ जना, वडा नम्बर २ र ५ का ३/३ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्ब ८, ११ र १८ का १/१ का जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका १० जनामा पनि संक्रमण पुष्टि भएको छ । 

कैलालीकै लम्किचुहा नगरपालिकाका ३ जना, यस्तै टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका, गोदावरी नगरपालिकाका १/१ जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना पुष्टि भएको छ । 

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बेल्डानी गाउँपालिका र बेदकोट नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रयोगशालामा सुदूरपश्चिमबाहिर ठेगाना भएका सुर्खेत र रुपन्देहीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । दिनेशखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x