१ श्रावण २०८३, शुक्रबार

कोरोना केही होईन भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना पुष्टि

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार ०५:४२ मा प्रकाशित

एजेन्सी । लामो समय कोरोना केही होईन भन्दै मास्क समेत लगाउन नमानेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्।

ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। उनी र पत्नी अहिले होम क्वारेन्टीनमा बसेको एजेन्सीहरुले बताएका छन् ।

अमेरीकामा विश्वमै सबै भन्दा धेरै ७४ लाख ९४ हजार बढी कोरोना संक्रमित पुगेका छन् भने २ लाख १२ हजार बढीको मृत्यु भईसकेको छ ।

बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका थिए: “छोटो समयको विश्राम समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड-१९ देखिएको छ।

क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन।

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ । बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x