१२ असार २०८३, शुक्रबार

कोरोना नियन्त्रण तथा रोकथाम गर्न सरकार असफल

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार ११:०९ मा प्रकाशित

फाइल / तस्बिर

नेपाल मेडिकल काउन्सीलका रजिष्टार कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमिति बैठकमा उहाले कोरोनाका लागि सरकारले धेरै काम गरेपनि व्यवस्थापन गर्न भने चूकेको बताउनुभयो । अधिकारीले अहिले उपत्यकाका अस्पतालमा कोरोना उपचारका लागि प्रतिशतमा बेडको कोटा छुट्टाउनु उचित नभएको तर्क गर्नुभयो । उहाले उपत्यकामा कोरोना उपचार गर्ने अस्पताल छुट्टै र अन्य उपचारका लागि छुट्टै अस्पताल तय गर्नुपर्ने धारणा पनि राख्नुभयो । अधिकारीले कोरोना उपचारका लागि स्वास्थ्य मन्त्रीलाई बिभिन्न सुझाव दिएपनि कार्यान्वयन नभएको भन्दै अनावश्यक तर्कमा सरकार अल्झेको आरोप लगाउनुभयो ।
बैठकमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनालले सरकारले अनावश्यक रुपमा पिसिआर जाँच गरिरहेको तर्क गर्नुभयो । आवश्यक स्थानमा निश्चित दायर बनाएर पिसिआर गर्न सरकार चूकेको उहाको भनाई छ । उहाले कोरोना जाँचका लागि अनावश्यक रुप ल्याव बनाइएको तर्क गर्नुभयो । अहिले भएको पूर्वाधारले नै प्रत्याप्त कोरोना जाँच गर्न सकिने उहाले बताउनुभयो । उहाले अहिले प्रत्येक प्रदेश, प्रत्येक स्थानमा कोरोना जाँच स्थापना गर्नुले खर्चमात्र बढाएको तर्क गर्नुभयो । बैठकमा समिति सदस्यहरुले कोरोना जाँचको अवस्था तथा रोकथान र नियन्त्रणका लागि भएका प्रयासहरुका बारेमा बिभिन्न निकायका प्रमुखहरुसंग छलफल गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x