१५ आश्विन २०८३, बिहीबार

कोरोना भाईरस शुरु भएको चीनको बुहानमा दशजना वैज्ञानिक अनुसन्धान गर्न जाने

एसीपी संवाददाता

२७ पुष २०७७, सोमबार १२:४१ मा प्रकाशित

एजेन्सी । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना (कोभिड–१९) को उत्पत्तिका बारेमा अनुसन्धान गर्न आगामी बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दशजना वैज्ञानिकहरु चीन जाने भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ ।

यसै महिनाको शुरुमा पनि यस अभियानका बारेमा चीन र डब्लुएचओबीच खटपट देखिएको थियो ।

महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिइएको छ ।

कोभिड–१९ को संक्रमणबाट विश्व नै आक्रान्त बनेको बेला अनुसन्धानका लागि चीनले दिएकोे अनुमतिले ठूलो राजनीतिक महत्व राख्ने बताइएको छ ।

कोभिड–१९ बाट हालसम्म विश्वमा झण्डै २० लाख व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।

डब्लुएचओका विज्ञहरुले चीनमा दुई साता क्वारेन्टिनमा बस्नु पर्नेछ ।

उनीहरुले पहिलो पटक कोभिड–१९ देखिएको वुहान शहरको पनि भ्रमण गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x