२ श्रावण २०८३, शनिबार

कोरोना महामारीको असर फ्रान्समा फेरि लकडाउनको घोषणा

एसीपी संवाददाता

१३ कार्तिक २०७७, बिहीबार ०९:३६ मा प्रकाशित

एजेन्सी । फ्रान्समा फेरि एक महिनाको लागी लकडाउनको घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमणको महामारी बढेपछि फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको हो।
श्रोतका अनुसार शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ ।

कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमणको पछिल्लो रेकर्ड अनुसार कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् ।

लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ । सो अवधिमा अत्यावश्यक नठानिएका उद्योग, रेस्टुरेन्ट र बार भने बन्द हुने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x