४ श्रावण २०८३, सोमबार
कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले बल्ल तल्ल पाए भत्ता
भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छन् । कोरोना महामारीमा अग्रपक्तीमा खटिएका स्वास्थ्यकर्मीले निर्देशिका अनुसार जोखिम भत्ता पाएको अस्पतालले जानकारी गराएको छ ।
उनीहरुले अघिल्लो आर्थिक बर्ष २०७६/७७ को जोखिम भत्ता पाएका हुन् । लामो समयसम्म भत्ता नपाउँदा चिकित्सक, स्वास्थ्यकर्मीहरु निराश थिए । सरकारले १ करोड ५० लाख रुपैयाँ जोखिम भत्ता भनेर भेरीलाई पठाएको थियो ।
तर चालू आर्थिक बर्षको जोखिम भत्ता भने अझै वितरण हुन सकेको छैन् । रकम प्राप्त भइसकेको भएपनि वितरण भने हुन नसकेको अस्पतालले जनाएको छ ।
Subscribe
Login
0 Comments


