२९ श्रावण २०८३, शुक्रबार

कोरोना र उइगर मुस्लिममाथी गरिएको दमनबारे समाचार दिँदा,चीनमा बीबीसी माथी प्रतिबन्ध

एसीपी संवाददाता

३० माघ २०७७, शुक्रबार ०४:५९ मा प्रकाशित

फाइल तस्बिर बीबीसीबाट

चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जनाएको छ।

कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ। बीबीसीले चिनियाँ सरकारको निर्णयबाट ूनिराशू भएको प्रतिक्रिया दिएको छ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएन को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।

‘अस्वीकार्य प्रतिबन्ध’

सीजीटीएनको प्रसारण अनुमतिपत्र गलत रूपमा स्टार चाइना मिडिया लिमिटेडसँग रहेको पाइएपछि अफकमले त्यस्तो निर्णय लिएको थियो।

गत वर्ष ब्रिटिश नागरिक पिटर हम्फ्रेलाई बलपूर्वक दिन लगाइएको भनिएको बयान प्रसारण गरेर प्रसारणसम्बन्धी ब्रिटेनका नियमहरू सीजीटीएनले उल्लङ्घन गरेको पाइएको थियो।

आफ्नो निर्णयमा चिनियाँ नियामक निकायले बीबीसी वर्ल्ड न्यूजले “समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्‍याउन नहुने” सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको “गम्भीर रूपमा उल्लङ्घन” गरेको जनाएको छ।

अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने उसले जनाएको छ।बीबीसीले आफ्नो विज्ञप्तिमा भनेको छ, “चिनियाँ अधिकारीहरूले यस्तो निर्णय लिएकोमा हामी निराश भएका छौँ।”

“बीबीसी विश्वको एउटा निकै विश्वासिलो अन्तर्राष्ट्रिय समाचार प्रसारक संस्था हो जसले विश्वभरिबाट निष्पक्ष रूपमा वा कसैको डरविना रिपोर्टहरू प्रसारण गर्छ।”यूकेका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई ‘सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध’ भनेका छन्। चीनले विदेशमा गलत सूचनाको प्रवर्द्धन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले आरोप लगाएका छन्। यो समाचार बीबीसी नेपाली न्यूजबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x