४ श्रावण २०८३, सोमबार

कोरोना संक्रमणका कारण भेरी अस्पतालमा थप एकको मृत्यु

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार १६:५४ मा प्रकाशित

कोरोना संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप एक जना विरामीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ दाङका ५६ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ६ गते भेरी अस्पतालको प्रि आइसोलेसनमा भर्ना भएका उनको कोभिड आशंकामा श्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा सुधार नआएपछि संक्रमित पुरुषको मंसिर १७ गते बुधवार बिहान ४:५० बजे मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

मृतक पुरुषलाई प्लाज्मा थेरापी विधिवाट समेत उपचार गरिएको थियो । योसँगै उपचारका क्रममा बाहिर जिल्लाबाट बाँकेमा आई मृत्यु भएकाहरुको संख्या ५२ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x