१४ आश्विन २०८३, बुधबार

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

एसीपी संवाददाता

९ माघ २०७७, शुक्रबार ०८:१९ मा प्रकाशित

निरुपमा गिरि । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं.९ बस्ने ७१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि पीसीआर गर्दा पुष २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । भेरी अस्पताल नेपालगञ्जमा भर्ना भई रोगको प्रकृतिअनुसार उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि उनको शुक्रवार विहान ६ बजेर ५ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएका ८५ जनाको मृत्यु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x