२ श्रावण २०८३, शनिबार

कोहलपुरका चिकित्सकहरु आन्दोलित

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार ०७:५६ मा प्रकाशित

अरमान खान , नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सकहरु आन्दोलित भएका छन ।
इन्टर्नसिप पुरा गरेर पनि एमबिबिएसको कागजात उपलब्ध नगराईएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन । नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेका विद्यार्थीहरु काठमाण्डौं विश्वविद्यालयको बिरुद्धमा आन्दोलित भएका हुन । एमबिबिएस पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको एक वर्ष इन्टर्नसिप पुरा गर्दा पनि काठमाडौं विश्वविद्यालयले थप एक महिना इन्टर्नसिप गर्नुपर्ने निर्णय गरेपछि आफुहरु आन्दोलनमा उत्रिएको उनिहरुले जनाएका छन ।आईतबार हातमा कालो कट्टि बाँधेर मेडिकल कलेज कोहलपुरको प्राङ्गणमा भेला भएका एमबिबिएस पूरा गरेका डक्टरहरुले काठमाण्डौं विश्वविद्यालयले गरेको निर्णयका बिरुद्धमा नाराबाजी समेत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x