४ श्रावण २०८३, सोमबार

कोहलपुरमा कोभिड संक्रमित एक विरामीको मृत्यु

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार १०:४८ मा प्रकाशित

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोभिड संक्रमित एक विरामीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१८ दाङका ७० वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई मंसिर १४ गते मेडिकल कलेज कोहलपुरको प्रि आइसोलेसनमा ल्याई भर्ना गरिएको थियो ।

कोभिड आशंकामा सोही दिन श्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा उनमा मंसिर १५ गते कोरोना पुष्टि भएको थियो । कोभिड पुष्टि भएपछि कोभिड वार्डमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएको र मंसिर २० गते शनिवार विहान ६:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

विरामीलाई प्लाज्मा थेरापी, अक्सिजन थेरापी, रेमडिसिभिर लगायत दिईएको थियो । योसँगै बाँकेमा जिल्ला बाहिर बाट उपचारका लागि आइ ज्यान गुमाउनेहरुको संख्या ६१ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x