१६ भाद्र २०८३, मंगलवार

खजुरा २ को सार्वजनिक सुनुवाइ सम्पन्न

एसीपी संवाददाता

२२ असार २०८२, आईतवार २२:५९ मा प्रकाशित

नेपालगन्ज÷खजुरा गाउँपालिका वडा नं. २ ले आ.व. २०८१÷०८२ को तेस्रो चौमासिकमा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरेको छ ।

वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा असार २२ गते भएको सुनुवाईमा नागरिकहरुले वडा कार्यालयसंग विकासका बिभिन्न माग राखेका थिए । वडा भित्रका बिभिन्न बस्तिहरुमा बाटो तथा सडक, तटबन्ध, नाला निर्माण, ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, मलको समस्या लगायतका विषयमा सरोकारवालालाई प्रश्न गरेका थिए ।
सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष धनरा वलीले वडा भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माण भइसकेको बताउदै बाँकी रहेका स्थानमा क्रमागत रुपमा निर्माण गर्दै जाने बताए । वडावासीहरुलाइ अनुभुती हुने गरी वडाको समग्र विकासमा लागी परेको बताउदै जनताहरुमा समेत विकासमा अवनत्व हुनुपर्ने वलीको भनाइ थियो ।
सार्वजनिक सुनुवाइमा उठान भएका विषयको आधारमा विभिन्न ५ बुदें साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको थियो । घोषणा गरिएका प्रतिवद्धताहरुमा वडाभित्र सञ्चालन हुने योजना र कार्यक्रमको दिगोपना र गुर्णस्तरियता कायम गर्न सबै सरोकारवाला र आम नागरिकहरुको तर्फबाट अनुगमन तथा सुपरिवेक्षण गर्ने र श्रमदान गर्ने, वस्ति स्तरबाट योजना छनौट गर्दा बालबालिका, युवा तथा लक्षित वर्ग केन्द्रिीत कार्यक्रम समावेश गर्ने र लक्षित वर्गबाट योजना माग भइ आएमा वडाको वार्षिक कार्यक्रममा समावेश गर्ने, वडाको बिभिन्न क्षेत्रमा खानेपानी टयाँकीबाट आउने पानीमा फोहोर आउने गुनासो आएकाले शुद्ध खानेपानी व्यवस्थापनका लागि खानेपानी डिभिजन कार्यालयसंग समन्वय गरी तत्काल समस्या समाधान गर्ने, मलको समस्या समाधान गर्न जैवीक मल उत्पादनमा जोड दिने, सडक, नाला तथा बाटो बन्न बाँकी रहेको वडाका बिभिन्न क्षेत्रमा आवश्यक्ता र प्राथामिक्ताको आधारमा क्रमागत रुपमा योजना बनाएर गर्दै जाने रहेका छन् ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा  वडा अध्यक्ष धनराम वलीले यो अवधीमा गरेका कामहरु, सम्पन्न योजना र सेवा प्रवाह सम्बन्धिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेका थिए भने कार्यक्रम प्रबन्धक मन भण्डारीे नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा प्रस्तुत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x