१ श्रावण २०८३, शुक्रबार
गठवन्धनमा काग्रेस र एमाले दुबै दलमा संसय
ओम आचार्य
अहिले राजनीतिक दलहरुले नेपालमा गणतन्त्रलाई उपयोग गर्दै राजनीति गर्ने अभ्यासमा हुनु पर्ने र त्यो अभ्यास गर्दै गर्दा संविधानत बाधा अडचन र त्रुटीको पहिचान गरी संबिधान संशोधनमा जानु पर्ने हो ! त्यसो नगरेर राजनीतिक दलहरुले गणतन्त्र स्थापना देखीनै गठवन्धन सरकार वनाउने अभ्यास गरे !दुइ तिन महिना देखी एक दुइ वर्ष भित्र गठवन्धन फेर्दै सरकार परिवर्तन हुदै गयो ! सरकार परिवर्तन संगै सरकार प्रमुख र त्यो सरकारमा आबध्द भएको दल र तिनका कार्यकर्ता सरकार ढल्दैन सरकार मजबुत छ भन्नमै व्यस्त रहे ! प्रतिपक्ष दल सरकार अहिले गिर्छ भोली गिर्छ भन्दै गए !
सरकार र सरकारमा आबध्द गठवन्धन दल प्रतिपक्षको भनाइमा झस्कन्दै तर्सन्दै गठवन्धन दलनै आफ्नो गठवन्धन प्रती संसय र अविस्वास रहेको उनिहरुको अभिव्यक्तीले देखिन्छ!
अहिले सरकार निर्माणमा गठवन्धन को अभ्यास भएदेखी सरकार बन्ने र भत्कने गर्दै सरकार चलिरहेको छ !सरकार संचालन यसरिनै भइरहेको छ!
कुनै पनि सरकार स्थिर हुन सकेनन! शुशाशन दिन सकेनन!विकास ,जनस्तर र जन जिविकाको बाटो दिन सकेनन !भ्रष्टचार चरममा पुग्यो !
यस्तो विधमान अवस्था हुनुलाइ कुनै पनि दलले आफ्नो दललाइ जिम्मेवार ठानेनन , र कुनै पनि दलका नेताले आफ्नै कार्य असक्षमता र दृष्टिकोणको कमी ठानेनन! बरु ठाने संबिधानमा भएको त्रुटी ,संविधाननै संशोधन गर्नु पर्ने !
यही विसयलाइ लिएर देशका दुइ ठुला दलले सात बुदे सहमति गर्दै गठवन्धन गरे र अन्तत सरकार निर्माण गरे ! सरकार निर्माण गरेको पनि पाँच महिना हुदै गर्दा नत संविधान संशोधनको विसयमा गठवन्धन दल विच न त वहस न त छलफल नै गरे ! अन्य दलसंग पनि यस विसयमा परामर्श पनि भएकै छैन ! सं विधान संशोधन कै विसयमा नत कुनै समीति नै वन्यो! वन्यो त दुइ दलिय संयन्त्र ! त्यो पनि गठवन्धन ले दाया बाया नगरोस भनेर!
दुइ दलिय गठवन्धन को वलियो सरकार गणितिय हिसावले देखिएपनि दलिय गठवन्धन को नेतृत्व गरेका दल प्रमुृखबाट एक अर्कामा विस्वास र भरोसा देखाएर दुबै दल प्रमुृृख आफैमा आस्वस्त हुन खोजेका छन!
दुइ दल को यो आस्वस्तलाइ प्रतिपक्ष दल प्रमुख प्रचण्डको अभिव्यक्ती र संस्थापन इतर प्रमुख डा . शेखर कोइरालाको “यो सरकारलाइ असफल हुने छुट छैन भन्ने” अभ्व्यक्तीले निरस्त वनाएको देखिन्छ!
यसैको परिणती हो प्रधानमन्त्री केपी ओलीको अव को अठार महिना पछीको प्रधानमन्त्री काग्रेस सभापती शेर बाहादुर देउवा भन्ने अभिव्यक्ती ! देउवा यही भनाइमा पुलकित हुदै प्रधानमन्त्रीलाइ धाप मार्दै छन!
तर देउवाले प्रधानमन्त्री ओलीको रणनीति बुज्न नसकेको हो की किन भने यो भन्दा पुर्व एमाले र माओवादी गठवन्धन बाट सरकारको नेतृत्व लिएका प्रचण्डलाइ अन्तिम समय सम्म गठवन्धन दाया बाया हुदैन ढुक्क रहनुस भन्ने केपी ओली अहिले त्यसरी नै शेर बाहादुर देउवालाइ आस्वस्त वनाउन अवको अठार महिना पछीको प्रधानमन्त्री देउवा भन्दै गर्दा पुर्व प्रधानमन्त्री प्रचण्ड लाई सम्झन पुगिन्छ!
प्रधानमन्त्री ओली
दुइ दलिय संयन्त्रबाट विमुख हुदै?
प्रधानमन्त्री केपी ओली चिन जानु भन्दा पुर्व काग्रेस र एमाले विच बीआरआइ विच सम्झौता गर्ने विसयमा जुन सहमती भएको थियो त्यो सहमती विपरित सम्झौता भएको टिप्पणी काग्रेस भित्रैबाट हुन थालेको छ! ऋण र अनुदान दुवै लाइ समेटेर गरिएको सम्झौता देउवा निकटस्थ बाटै विरोध भएको छ!पुर्वपरराष्ट्रमन्त्री साउदले त अनुदान मात्रै लिने संस्थागत निर्णय काग्रेसवाट भइसकेको अवस्थामा त्यसको विपरित अनुदान र ऋण दुवै हुन सक्ने गरी सम्झौतामा हस्ताक्षर हुनु गलत भएको मानेका छन !
यसरी विरोध गर्नेहरुमा साउद, प्रकाशशरण महत, गोविन्द पोखरेल लगायत देखिएका छन !काग्रेस भित्रैबाट यस्तो विचार आउन थालेपछी नेपाली काग्रेस सभापती शेर बाहादुर देउवा र गृहमन्त्री रमेश लेखकले सम्झौता काग्रेस र एमालेकै सहमती अनुसार सहमती भएको खुलासा गर्दै त्यसरी नवोल्न सुझाव दिए!
दुइ दलिय गठवन्धन लाइ स्थिर र दिगो राख्दै अवको अठार महिना पछी काग्रेस सभापती देउवालाइ सत्ताहस्तान्तरण हुने आधार मानेर विस्वास गर्दै अहिले विआरआइ सम्झौताको रक्षामा उभिएको हो भने त्यो काग्रेसको लागी भविस्यमा विस्वासको ठाउमा विस्वासघात हुनेछ!
काग्रेस र एमाले विच अनुदान मात्रै लिने सहमतीका बावजुद
प्रधानमन्त्री केपी ओलीले अनुदान र ऋण दुवै सव्द समेटेर सहमतीमा सम्झौता गरेपछी प्रधानमन्त्री संयन्त्र को वन्धनमा रहन नसक्ने संकेत गरेका हुन त?के काग्रेस अठारमहिना पछीको सत्ताहस्तान्तरण को मोहमा अहिले सरकारको नेतृत्व सम्हालेका के पी ओलीको सबै निर्णयहरुको यसरी नै रक्षाकवचमा उभिरहने हो?
अहिले दुवै दलमा एक अर्का प्रती संसय र अविश्वास छ! र अविस्वास र संसय नभएको वताउन दुवै दलले गठवन्धन प्रती चैरासीको चुनाव सम्म यही गठवन्धन को सरकार रहने उदघोष गर्दै आएका छन! यो आफैमा संसय पुर्ण अभिव्यक्ती हो ! जहा अविस्वास छ जहा संसय छ बुज्नुस त्याहा दुइ दलले जुन सात हुदे सहमती गरेका छन त्यसमा कार्यसिध्दी हुदैन!
Subscribe
Login
0 Comments



