१४ भाद्र २०८३, आईतवार

गणतन्त्रमा गणै गण

एसीपी संवाददाता

१६ श्रावण २०८२, बिहीबार १५:३६ मा प्रकाशित

ओम आचार्य

तिन दल काग्रेस एमाले र माओवादी वरिपरि देशको राजनीति घुमिरहेको छ  ! र सरकार पनि यि तिन दल भित्रै घुमि भिरी निर्माण भइरहेको छ ! अपराध जगतमा या कुनै क्षेत्रमा जस्को दवदवाव हुन्छ त्यसलाइ डन भन्ने गरिन्छ ! अहिले देशको राजनीतिमा यि तिन दलको दवादवावलाइ डन प्रवृती भन्दा हुन्छ! अहिले दल भित्रको यो डन प्रवृति विरुध्द दल भित्रैबाट बिद्रोह हुन थालेको छ! काग्रेसमा अठार जनालाइ अनुशाशन समीतिबाट कार्बाही गरेपछी डा. शेखर कोइराला काग्रेस भित्र उग्र भैरव भएर प्रस्तुत हुन थालेका छन ! बाग्मती प्रदेसमा भर्खरै काग्रेसकै मुख्य मन्त्री विरुध्द अविस्वास प्रस्ताव पेस हुनु पनि यसैको उदाहरण हो !

एमाले भित्र पुर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउछु भन्दा निषेध गर्नु ,रोक्नु पनि दल भित्रकै डन प्रवृती नै हो र अव विध्या भण्डारी पनि एमाले भित्र कालीको रुपमा प्रस्तुत हुने उन्कै विचार बाट सामाजिक संन्जलमा आइरहेछ !

माओवादी दलमा पनि अहिले जनार्दन शर्मा जसरी प्रस्तुत भइरहेछन त्यो माओवादी दल भित्रको डन प्रवृती विरुध्द नै हो !

अहिले यि तिन दल भित्र आन्तरिक झमेला भाडभैलो र खिचातानी बढिरहेको छ! दलको भाडभैलो ले देशको राष्ट्रिय राजनीति नराम्रोसंग प्रभावित भइरहेको छ! जनतामा निराशा बढेको छ ! जनतामा दल प्रति संसय मात्रै हैन दल निकम्मा हुन भन्ने विचार आएको छ ! भ्रष्टचार चरमा पुगेको छ र यिनिहरुको संरक्षण दल भित्रैबाट भएको छ ? यस्तो देखिन्दै छ ! भ्रष्टचार को विसयमा एक दल ले अर्को दललाइ संरक्षण गर्नु नै यि तिन दलको मुल उध्देश्य रहेछ !सरकार वन्नु र फेरिनु ले यस्तो हो भन्ने अवस्थामा जनताले जानकारीमा लिएको छ!

अहिले डर छैन

सरकार र राजनीतिक दल र त्यसमा आवध्द नेताहरुमा कसैको डर छैन ! जव सम्म सरकारमा अदालतको डर हुदैन अख्तियारको डर हुदैन र जनताको डर हुदैन त्यो सरकार आफै सुध्द हुदैन त्यो सरकार घृर्णित हुन्छ ! त्यस्तो घृर्णित सरकारको छायामा प्रभावमा सरकारको रंग रुप पनि अन्य राजनीतिक दल पनि पर्दै जान्छ ! लोकतन्त्रमा सर्वोच्च स्थान जनताको हुन्छ! तर अहिले जनता गौण र सरकार सर्वोच्च भएको छ !

लोकतन्त्र नाम मात्रै को भएको छ ! लोकको डर जनताताको डर नभएको सरकारबाट लोकतन्र प्रस्फुटित र परिमार्जित हुनै सक्दैन ! अहिलेको काग्रेस र एमाले गठवन्धन सरकारले जनतासंग वाचा गरेका थिए ,भ्रष्चचार मुक्त देश , स्थिर र शुशान दिने आर्थिक विकास तर ठिक विपरित भइरहेछ ! सरकार भित्रै रहेका मन्त्री पनि भष्ट्रचारको आरोपमा आरोपित भइसकेकाछन !र आफ्नो पदबाट वहिर्गमन सम्म हुनु परेको छ! दल भित्रकै नेता पनि सांसद पनि यस्तो आरोपबाट मुक्त नभएर निलम्बित हुदै अदालत धाइरहेका छन !

यस्तो किन भइरहेछ त भन्दा जनताको डर नभएर नै हो ! जव सम्म जनताले सरकार र राजनितिक दल प्रती डर पैदा गर्दैन तव सम्म सरकारको मनमौजी चल्छ संविधान नियम कानुन केही चल्दैन!अहिले त्यस्तै भइरहेछ!

फाईल तस्बिर

डा. शेखर कोइराला विध्या भडारी र जनार्दन शर्मा

अहिले पछिल्लो पटक देशमा बढिरहेको राजनीतिक घटना क्रम ,राजनीतिक दल भित्रको डन प्रवृती र सरकार संचालन शैलिले दल भित्रै माथि उल्लेख गरेका यि तिन नाम ले आफ्नै दल भित्र विद्रोह गर्दैछन ! यिनिहरुको विद्रोह यिनिहरुको असन्तुष्टीले आफ्नै दल भित्र स्थापित भएछन भने अहिले रहेका शिर्ष नेताहरुकै जस्तो चरित्र र पद लोलुपमा परिणत नहोस ! यिनिहरुले डर पैदा गर्न सकुन र भोलि त्यो डरको स्वामित्व जनताले बोकुन !

अहिलेको गणतन्त्र को उपलब्धी भनेको देश थुप्रै राजनीतिक गणहरुको उपस्थिति देखिएको छ जस्ले देशमा स्थिर सरकार वन्न बाधक रहेको वर्तमान गठवन्धन सरकार भन्दै छ ! र यही गठवन्धन सरकारमा रहेका दलहरुको मौजुदा राजनीतिक परिस्थितिले दलमा विग्रह आउने सम्भावना विधमान छ! र यस्तो भएमा पुन गणतन्त्रमा गणहरुको संख्या वृध्दी भएर देशमा अरु अस्थिर वातावरण सृजना भएर गणतन्र जोखिमा पर्ने अवस्था आउन सक्ने हुदा समयमै ठुला दलले डन प्रवृती छोडेर समभाव सदभाव सदबुध्दी लिनु नै वुध्दीमानि हुन्छ!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x