२ श्रावण २०८३, शनिबार

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीद्वारा ‘कोभिड १९ सूचना तथा सेवा अभियान तिब्र पार्दै

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ११:०९ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान’ लाई निरन्तरता दिनुभएको छ ।

जोशीले जनताको घरघरमा पुगेर मास्क, अत्यावश्यक औषधी, अक्सीमिटर र थर्मोमिटर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गर्नुभएको हो ।

त्यसका साथै उहाले विभिन्न जनचेतनामुलक पर्चाहरुसमेत वितरण गर्नुभएको छ । अभियान अन्तर्गत संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने जोशीले जानकारी दिनुभयो । जोशीले कोरोनाका कारण जटिल समस्या देखापरेमा तुरुन्त आफू लगायतका साथीहरुलाई सम्पर्क गर्नसमेत आग्रह गर्नुभयो ।

बिभिन्न विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको उहाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x