गुरुपुर्णिामाको अवसरमा सन्देश उपदेशका साथै भोजन गराईने
रुपन्देहीको रोहीणि गाउँ पालिका मा रहेको श्री राम जानकी मन्दिरमा आज भोजन गराईने भएको छ । रोहीणि गाउँ पालिकाको श्री राम जानकी मन्दिर कैलाशधाम मन्दिरमा आज गुरु पुर्णिामा का दिन पुजारी बाबा जिले आफ्न गुरु लाई सम्झिदै नयाँ शिष्य लाई उपदेश दिदै भोजन खुवाउने बताउनु भएको छ । आज नयाँ शिष्यहरुलाई मार्गदर्शन गराउदै बिश्वको कल्याणको कामना गर्दै देश बिदेशमा रहेका जनता उन्नति प्रगति का साथै आफ्नो सनातन धर्मको प्रचारप्रसार गर्ने योग्य बनाउने उद्देश्य रहेको पुजारी ध्रुव लाल शर्माले जानकारी दिनु भयो । गुरुपुर्णिामा मा आफ्न आदरणीय गुरु जन लाई सम्झेनी परम्परा रहेको छ । हरेक स्थानमा गुरुको महत्त्व बेग्लै हुने गरेको छ । गुरु भनेकै ज्ञान् , सीप शिक्षा , सत्य मार्गदर्शन सहितका कुरा रहेका छ्न । गुरुले अहिलेसम्म कुनै पनि कालखण्ड अन्याय गर्दैन त्यसैले गुरुको महत्त्व बेग्लै छ ।
गुरुपूर्णिमा को महत्त्व । 
गुरुपूर्णिमा हिन्दू संस्कृतिको एक पहिचान हो आज आफ्नो गुरु लाई सम्झिने र गुरुले दिएका शिक्षा लाई स्मरण गर्ने दिन्का रूपमा लिने गरिन्छ । हिन्दु धर्म अनुसार एक धार्मिक, सांस्कृतिक र आध्यामिक पर्व पनि हो । गुरुहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्न प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाको दिन गुरुपूर्णिमा मनाउने गरिन्छ ।
द्वापर युगमा कुरुछेत्रमा महाभारत युद्धका बेला अर्जुन लाई भगवान श्री कृष्ण बीचको सम्बन्धले गुरु–शिष्य परम्परालाई अझ बलियो आधार हो । गुरुपूर्णिमा विशेषगरी महर्षि वेदव्यासको जन्मजयन्तीको रूपमा पनि मनाउने गरिन्छ । गुरुपूर्णिमाको विकास हिन्दू संस्कृतिमा ज्ञान, संस्कार र आत्मबोधको यात्रासँग गाँसिएको छ । वैदिक युगको गुरुकुल प्रणालीदेखि आधुनिक विद्यालयसम्म यो परम्पराले गुरु–शिष्यको पवित्र सम्बन्धलाई निरन्तर जगेर्ना गरिरहेको छ ।


