गुलजार-ए-अदब काे मासिक गजल गाेष्ठी सम्पन्न ।
-अमन अन्सारी
पाैष २७, नेपालगञ्ज ।
नेपालगञ्जको महेन्द्र पुस्तकालयमा अदबी संगठन “गुल्जार-ए-अदब’ नेपालगञ्जकाे मासिक कवि गाेष्ठी “तरही नशिस्त” प्रख्यात शायर सैय्यद अशफाक रसूल हाश्मीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
कार्यक्रमको तरही मिसरा थियो: “यह दुनिया महज एक धोके का घर है”। कार्यक्रममा विभिन्न शायरहरूले आफ्नो उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए, जस्मा शायर अब्दुल लतीफ “शौक”ले-“चलुं आखिरत तक सफर ही सफर है, यह दुनिया महज एक धोके का घर है।” सैय्यद अशफाक रसूल हाश्मीले-“शुकुन दिल मे है न तराजे जिगर है, मै ढुंढु कहाँ वह न जाने किधर है।” मुस्तफा अहसन कुरैशीले-“जो दिल जोड़ने का किसी में हुनर है, वही दिल फतेह करने वाला बशर है।” आदिल सरवरले-“जिधर एक मुफ्लिस का कल्बो जिगर है, उधर हुश्न वालों की तिरछी नजर है।” इस्माईल अन्सारीले-“मुझे प्यार मे धोकेबाजी का डर है, मोहब्बत नहीं यह मेरा दर्द-ए-सर है।” मोहम्मद आरिफ अन्सारीले-“झलकता है दिल में जो खूने जिगर है, मैं ढूंढूं कहां तुझको तू तो इधर है।” मेराज अहमद “हिमालय”ले-“मरोगे यही तुम भरोगे यहीं पर, ये बंकर नहीं है तुम्हारी कब्र है। “नुरुल हसन राईले-“जो है राह इस की वही पुरखतर है, यह दुनिया महज एक धोके का घर है।” आशिम सरवरले- “क्या बच्चा और बूढ़ा हर कोई खूं से तर है, फिलिस्तीन अब खण्डहरों का शहर है।” भन्ने शिर्षककाे गजलहरु वाचन गरेका थिए ।
मासिक गजल गाेष्ठीकाे अध्यक्षता गरि रहनु भएका शैय्यद अशफाक रसुल हाश्मीले-शेर, गजलहरूले गहिरो भावनात्मक तथा साँस्कृतिक सन्देश बोकेको हुन्छ, जुन श्रोताहरूका लागि प्रेरणादायक रहेकाे कुरा बताउनु भयाे ।
विशेष अतिथि डाक्टर जैनुल आब्दीनले मासिक गजल गाेष्ठीको प्रशंसा गर्दै प्रस्तुत गजल, कविताहरूलाई बजारमा ल्याउन सुझाव दिनुभएको थियो ।
प्रख्यात शायर अब्दुल लतीफ “शाैक”ले-यस्ताे गजल गाेष्ठीले साहित्यिक साँस्कृतिक गतिविधिलाई प्रोत्साहन दिन्छ र सामुदायिक भावना बढाउँछ । नेपालगञ्जमा भएको अदबी कार्यक्रममा साहित्यिक सौन्दर्य र शायरहरूको प्रतिभा प्रष्ट पारेको बताउनुभयाे ।
कार्यक्रममा सहभागी अन्य कवि ‘शायर’हरूले पनि आफ्ना गजलहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाजी जाकिर हुसैन, मोहियुद्दीन फारुकी “बब्बु”, मोहम्मद हमीद हसन अन्सारी, सारिक सल्मानीलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मासिक गजल गाेष्ठीका सञ्चालक शायर मुस्तफा अहसन कुरैशीले-“गुल्जारे अदब नेपालगञ्ज” ले प्रत्येक महिनाकाे अन्तिम शनिवार गर्ने मासिक गजल गाेष्ठीले स्थानीय साहित्यिक परम्परालाई अघि बढाउन गरेको योगदानकाे प्रसंशा गर्नु भयाे । साथै प्रत्येक महिनाकाे अन्तिम शनिवार महेन्द्र पुस्तकालयमा हुने कार्यक्रममा कवि, शायरहरुलाई सहभागी हुन पनि आह्वान गर्नु भयाे ।




