गुलरिया नगरपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त क्षेत्र घोषणा
बर्दिया , गुलरिया – महिला बालबालिका शाखा र गुलरिया नगर पालिका वडा न २ को आयोजना बाँके युनेस्को क्लब,प्लान इन्टरनेसनल नेपाल र दलित महिला उत्थान केन्द्रसँगको सहकार्यमा गुलरिया नगरपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त क्षेत्र घोषणा एक भव्य समारोहका बीच गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गुलरिया नगरपालिका वडा नम्बर २ का अध्यक्ष टंक प्रसाद अधिकारीले गर्नुभएको थियो ।समारोहका प्रमुख अतिथि गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव बिशेष अतिथि उपमेयर तथा स्थानीय बाल अधिकार समिति संयोजक साबित्रा गौतम, प्लान इन्टरनेसनल नेपालकी सञ्चार प्रमुख सृजना बज्राचार्य, बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दीकी र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ विशेष अतिथिका रूपमा कार्यक्रममा उपस्थित हुनुभयको थियो ।
अतिथिहरूमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत ओंमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, महिला तथा बालबालिका शाखाकी प्रमुख शीला शाह लगायत विभिन्न वडा अध्यक्षहरू, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू, पत्रकार, सामाजिक संस्थाका प्रतिनिधिहरू र सुरक्षाकर्मीहरू सहभागीता रहेको थियो ।
कार्यक्रमका क्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य वक्ताहरूले वडा नम्बर २ र सम्पूर्ण गुलरिया नगरपालिकालाई २०८१ साल भित्र बाल विवाह मुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। महिला तथा बालबालिका शाखाकी प्रमुख शीला शाहले नेपाल र गुलरिया नगरपालिकामा बाल विवाह न्यूनीकरणका लागि सरकारी तथा सामाजिक संस्थाहरूले गरेका प्रयासहरूबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो। बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बाल विवाह न्यूनीकरण र बाल अधिकार प्रवर्द्धनमा विभिन्न निकायहरू तथा संस्थाहरूको योगदानको चर्चा गर्नुभयको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति,झाँकी ,र्याली र बालविवाह बिरुद्ध नाटक समेत प्रस्तुत गरिएको थियो भने करिब ५०० जनाको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक महेश नेपाली , संयोजक गोविन्द प्रसाद लामिछाने ईश्वर बिक, कार्यक्रम अधिकृत मुल्यांकन अधिकृत जनकराम थारु फिल्ड कर्मचारी भगवती बिक, नग्मा मनिहार लगायतको उपस्थिति रहेको थियो।




