१ श्रावण २०८३, शुक्रबार

गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

एसीपी संवाददाता

२ मंसिर २०८१, आईतवार १२:४५ मा प्रकाशित

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको थियो ।

मन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए । उनले नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न पनि मन्त्री लेखकले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सीमा सुरक्षा बलले सीमामा गर्ने कामकारबाहीले दुई देशबीचको सम्वन्ध थप बलियो हुने उनको विश्वास थियो ।

भेटवार्तामा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौं आएको हो । बैठक आज सम्पन्न हुनेछ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x