९ मंसिर २०८३, मंगलवार

गोर्खाल्यान्डको लागी छुट्टै राज्यको माग

एसीपी संवाददाता

२९ श्रावण २०८२, बुधबार ११:४५ मा प्रकाशित

ब्रिटिशहरुको शासनकालमा सुर्य कहिल्यै अस्ताउनथ्यो। युरोप,अमेरिका,अफ्रिका र एशिया लगभग सबै ब्रिटेनको आधीनमा थिए। नेपाल पुर्णरुपले आधीन नभएपनि आंशिक प्रभावमा चाहि थियो। ब्रटिशहरुले भारतियहरुलाई खेती र मजदुरीका लागि अफ्रिका लगायत बिभिन्न देशहरुमा लगेका थिए यसैक्रममा उनिहरुले केहि नेपालीहरुलाई पनि चिया खेतीका लागि बंगालको दार्जिलिंग ल्याएका थिए।
सन १९४७मा भारत स्वतंत्र भएपछि १७ वटा प्रान्त र ५६२ वटा स साना रियासतहरु थिए जो पछि बिस्तारै बिलय हुंदै बर्तमान भारतको स्वरुप लिंदै गर्दा त्यहा १९५६मा state reorganization act लागु भएपछि भाषाको आधारमा राज्यहरुको पुनर्गठन शुरु भएको हो जुन अहिले पनि आवश्यकता र औचित्यको आधारमा जारी रहे पनि पश्चिम बंगालको दार्जिलिंग क्षेत्रमा रहेका नेपाली भाषीहरुले बिगत लामो समय देखि छुट्टै गोर्खालैन्ड राज्यको मांग गरे पनि बिभिन्न बाहाना,लोभ र लालच देखाउंदै आलटाल गर्दै आएको छ।अहिले केन्द्र सरकार गोर्खालीहरुको मांग प्रति नरम भएपनि पश्चिम बंगालको राज्य सरकार कठोर रुपले यसको बिरोध गर्दै आएको छ।पश्चिम बॅगाल सरकारले समय समयमा त्यहाका नेपाली भाषीहरु माथि भेदभावपुर्ण कार्यहरु गरिरहेको हुन्छ जसले गर्दा नेपाली भाषीहरु छुट्टै गोर्खालैन्ड राज्यको लागि हालसम्म पनि संघर्षरत छन।हाम्रो नैतिक समर्थन ति सबै मुक्तिकामी जनता र गोर्खालीहरु प्रति संधै रहिरहनेछ।
एकजना चर्चित भारतिय नेपाली कलाकारलाई नेपाली पत्रकारले सोधेका थिए कि तपाई नेपाली कि भारतिय भन्ने प्रश्नको जवाफ दिदै भनेका थिए नेपालीको लागि भारतिय र भारतियको लागि नेपाली यो सुनेर पत्रकार स्तब्ध भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x