ब्याक अफ चाईना भन्दै चिनियाँ दूतावास आगाडि प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी चिनका उप मन्त्री द्वारा नेपालि नेताहरूसङ भेट्गघाट गर्दै हिनेको र नेपाली राजनीतिमा सिधा हस्तक्षेप गरेको भन्दै
चिनियाँ हस्तक्षेपविरुद्ध आज बुधबार दुतावास आगाडी युवाहरुको एक समूहले प्रदर्शन गरेका छम । उता प्रदर्शन गरि रहेका दर्जनौं युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा भइरहेको चिनियाँ हस्तक्षेपविरुद्ध युवाहरु सडक प्रदर्शनमा उत्रिएका छन् । यो भन्दा पहिले पनि यसरि नै नेपाल स्थित रहेकोे चीनिया दूतावास नजिकै प्रदर्शन गरेका थिए । सिमा मिचेको बिवाद होस या चीनको कम्युनिस्ट पार्टीको बिचार गोष्ठीको बहाना नेपाली राजनीतिमा हस्तक्षेप बढेको भन्दै बिरोध हुन थालेको छ ।
हस्तक्षेपविरुद्ध मंगलवार काठमाडौं र पोखरामा प्रदर्शन भयो । स्थानीय प्रहरीका अनुसार दर्जनौ युवा हिरासतमा छन् ।
काठमाडौंमा स्वतन्त्र विद्यार्थी युवा समूहले राजधानीमा मसाल जुलुस निकालेको हो । गो ब्याक चाइना भन्दै उनीहरुले नाराबाजी गर्दै महाराजगंजस्थित कान्तिबाल अस्पतालबाट मसाल जुलुस निकालेका थिए । यहाँबाट केही पक्राउ परेका छन् ।
उनीहरुले नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर। हुम्लामा चिनले मिचेको नेपाली भुमि फिर्ता गर। तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर भन्ने नारा लगाएका थिए ।
त्यसैगरी पोखरामा पनि स्वतन्त्र युवाहरुको समूहले मंगलवार प्रदर्शन गरेको हो ।
नेकपा आन्तरिक द्वन्द्वले विभाजन उन्मुख हुँदा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको प्रतिनिधिमण्डल काठमाडौं आएर मिलाउने प्रयास गरिरहेको छ । सबै दलका नेताको घरघरमा पुगिरहेको छ ।
नेकपा विवाद मिलाउन चीन देखिने गरी मैदानमा उत्रेपछि चौतर्फी विरोध भइरहेका बेला युवाहरु भने सडक प्रदर्शनमै उत्रिएका हुन् ।



[…] […]