१ श्रावण २०८३, शुक्रबार

घिसिङलाई निर्देशकमा फेरि नियुक्त डा. केसीको माग सम्बोधन गर्नुुपर्ने भन्दै प्रदर्शन

एसीपी संवाददाता

२ आश्विन २०७७, शुक्रबार ०३:१८ मा प्रकाशित

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न र डा गोविन्द केसीको माग सम्बोधन गर्नुुपर्ने भन्दै धनगढीमा आजपनि प्रदर्शन भएको छ। 

दोस्रो दिन बिहिबार युवाहरुले धनगढीको चौराहामा प्लेकार्डसहित प्रदर्शन गरेका हुन। कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्ने र डा केसीले उठाएका माग तुरुन्त सम्बोधन हुनुपर्ने भन्दै दबावस्वरुप प्रदर्शन गरेको सुरेन्द्र शाहले बताए।

घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो। प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ। 

यस्तै चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लाको चन्दननाथ –६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा आफ्नो १९औँ सत्याग्रह सुरु गरेका छन्।दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x