२ श्रावण २०८३, शनिबार

चाइना विस्तारवाद मुर्दावाद,गो व्याक चाइना सहित डा.केसीको माग पूरा गर भन्दै जसपाको प्रर्दशन

एसीपी संवाददाता

२१ आश्विन २०७७, बुधबार १७:२१ मा प्रकाशित

२१ असोज
कपिलवस्तु । जिल्लाको कृष्णनगरमा जसपाद्वारा डा गोविन्द केसीको समर्थन मानगर परिक्रमा गरि गोलघरमा बिभिन्न नेताहरुद्वारा सम्बोधन गरिएको छ ।
कायर्क्रममा बोल्दै तत्कालीन समाजवादी पार्टी नेता अकरम पठानले डाक्टर केसीको माग सरकारले बेवास्ता गरेको प्रति घोर बिरोध गर्दै तत्काल वार्ता टोली गठन गरी उहाँको माग सम्बोधन गर्नु पर्ने करिब ६ महिना देखि बन्द रहेको नेपाल भारत सीमा अब खुल्नु पर्ने र तत्काल महिला हिँसा, भ्रष्टाचार गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै तत्कालीन समाजवादी पार्टी जिल्ला उपाध्यक्ष राम निवास पुरीले डाक्टर केसीको माग तत्काल पूरा गर्नुपर्ने र आदिवासी जनजाति दलित पिछडिएको तत्काल व्यवस्था मिलाउनु पर्ने माग सहित सम्बोधन गर्नु भयो।
उक्त र्‍यालीमा कृष्ण प्रसाद चौधरी, मोहम्मद हइ मुसलमान, जीवन श्रीवास्तव, बजरंगी गुप्ता, नदीम अरसद इदरीसी, बृजेश गुप्ता, सलमान इदरीसी, ऋषी रजक, जानकी रैदास, सितादेवी लगायत सयौ को संख्यामा कार्यकर्ताहरुको उपस्थिति थियो।

चाइना विस्तारवाद मुर्दावाद, गो व्याक चाइना, महिला हिंसा अन्तगर लगायत प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x