१४ आश्विन २०८३, बुधबार

चालक र सहचालकको निशुल्क स्वास्थ्य आँखा चेकजाँच

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार १७:०२ मा प्रकाशित

निरुपमा गिरि – नेपालगन्ज २६, पुष बाँकेको कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालक तथा सहचालकहरुलाई लक्षित गरेर आइतवार निशुल्क स्वास्थ्य जाँच तथा आँखा चेक शिविर गरेको छ । कार्यालय परिसरमा आयोजना गरिएको उक्त शिविरमा २ सय बढीको स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो । नेपाल प्रहरी, फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा २ सय २२ जनाको स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको प्रमुख भण्डारीले बताउनुभयो । त्यसक्रममा २ जनामा उच्च रक्तचाप, तीनजना चालकमा दुरदृष्टि समस्या र ८० जना चालकका आँखामा एलर्जी समस्या देखिएको आँखा चेकजाँचमा संलग्न चिकित्सक सन्जु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार एलर्जी समस्या देखिएका चालक तथा सहचालकहरुलाई औषधि दिँदै आवश्यक परामर्श समेत दिएको छ । पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनका चालक तथा सहचालकहरुलाई कार्यालय अगाडी रोकेर स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको थियो । ‘सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था ठिक हुन जरुरी छ ट्राफिक प्रमुख भण्डारीले भन्नुभयो–‘त्यसमा झन आँखा र ब्लड प्रेसर ठिक भएन भने दुर्घटनाको जोखिम हुन्छ त्यही भएर उनीहरुलाई समयमा आफ्नो स्वास्थ्यबारे ध्यान दिन सचेत पार्ने उद्देश्यले पनि यो कार्यक्रम आयोजना गरिएको हो ।’ अधिकांश सवारी दुर्घटना चालकको लापरवाहीले हुने गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि हुने गरेको छ । त्यस्को कारक चालक तथा सहचालकहरुको स्वास्थ्य अवस्था ठिक नहुनु पनि एक हो । त्यही भएर उनीहरुको स्वास्थ्य अवस्था जाँचसँगै आँखा चेक गरिएको प्रमुख भण्डारीले बताउनुभयो । दुर्घटना न्यूनिकरणमा टेवा पुर्याउन यसखालको कार्यक्रमले ठूलो मद्धत गर्ने पनि उहाँले बताउनुभयो । निशुल्क स्वास्थ्य जाँच तथा आँखा चेक शिविर आयोजना गरिएपनि चालक तथा सहचालकहरु पनि खुसी भएका थिए । आफ्नो स्वास्थ्य अवस्था निशुल्क जाँच गराउन पाउँदा उनीहरु पनि दंग भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x