११ मंसिर २०८३, बिहीबार

चितवन आएका गृहमन्त्री बादललाई कार्यकर्ताले कालो झन्डा देखाए

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार ०९:१२ मा प्रकाशित

चितवन । नेकपा विभाजित बनेपछि नेता कार्यकर्ता एकापसमा विभाजित रहेका छन् भने एकले अर्काको चर्को आलोचना गर्दै भाषण र वक्तव्यबाजी गर्नु सामान्य भइसक्यो ।

जब प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरे सोही दिनदेखि उसैत विवादले घेरिएको नेकपा विभाजित नै बनेको हो । विभाजित बनेसँगै पूर्वमाओवादी निकटका केही नेता केपी ओलीतिर लागे भने केपी ओली अर्थात पूर्व एमालेका धेरै नेता प्रचण्ड – माधव नेपाल समूहतिर लागे ।

प्रचण्ड समूहमा पूर्वएमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालदेखि प्रभावशाली नेता लाग्दा बादल भने पूर्वमाओवादीका बादल अर्थात हालका गृहमन्त्री रामबहादुर थापा भने ओलीतिर लागेका हुन् ।

उनी ओलीतिर लाग्नुको कारण पदकै लोभ भएको बताइएको छ भने उनको निर्णयबाट गृहजिल्ला चितवनका नेता कार्यकर्ता आmत्रोशित बनेका छन् ।

आजै मात्रै चितवनमा आएका उनलाई कार्यकर्ताले कालो झन्डा देखाएका छन् । भरतपुर बिमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यान सहीतको बेलुन उडाएर बिरोध गरेका हुन् ।

यस्तै भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा पनि देखाइयो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका हुन् भने प्रचण्ड समूहले पनि छुट्टै कार्यक्रम राखेको छ। बादल गृहजिल्लामा निकै कमजोर बनेका छन् । तस्बिर – साभार सफल खबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x