चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई काउन्टर दिदै भनिन् प्रधानमन्त्री ओलिनै हुनु पर्ने छैन
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादमा रुमलिएको बेला यान्छीले प्रधानमन्त्रीमा ओली नै रहनुपर्छ भन्ने नरहेको बताएकी हुन् ।
राजदूत यान्छीले प्रधानमन्त्रीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री समेत रहेका कारण पार्टी एकता जोगाउने दायित्व ओलीमा अलि बढी हुने भएकोले आवश्यक लचकता देखाएर पनि एकता जोगाउन अग्रसर हुनुपर्ने सन्देश भने दिएको स्रोत बताउँछ। उता प्रचण्डसँगको भेटमा पनि राजदूत यान्छीको भनाई उस्तै थियो।
तर उनले प्रचण्डसँगको भेटमा सरकारको विषयमा प्रष्टै भनिदिएकी छिन्, ‘सरकारमा हाम्रो यही व्यक्ति रहनुपर्छ, उही रहनुपर्छ भन्ने कुनै इन्टरप्रियर छैन। त्यो तपाईँहरूको आन्तरिक मामिला हो। तर पार्टी एकता सकभर भत्कन दिनु हुदैन्।’
नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादमा रुमलिएको बेला नेपालमा बाह्य शक्तिकेन्द्रको सक्रियता बढ्न थालेको छ। अबको सातामा चीन र भारतबाट नेपालमा कूटनीतिक भ्रमण हुँदैछ। यसै साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गला नेपाल आउँदैछन्।
भारतीय विदेश सचिव हर्षवर्द्धन फर्केको दुई दिनपछि उत्तरी छिमेकी चीनबाट स्टेट काउन्सिलर वेइ फङह नेपाल आउँदै छन्। लि ख्छ्याङ नेतृत्वको चिनियाँ सरकारको पहिलो तहका स्टेट काउन्सिलर वेई नोभेम्बर २९ मा नेपाल आउन लागेको बताइएको छ। पछिल्लो पटक ‘रअ’ प्रमुख सामन्त कुमार गोयल नेपाल आएका थिए। नेपालपाना बाट


