१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ विदेश मन्त्री वाङ यी को (आसियान) भ्रमण तर भियतनाम सङ दोहोरो रवैया किन

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार १७:५९ मा प्रकाशित

बेइजिङ ।  चिनियाँ विदेश मन्त्री वाङ यीले दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) को भ्रमणमा गएमा समयमा भियतनाम भने गएनन् । भियतनाबाहेक दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का सबै सदस्य राष्ट्रहरूको भ्रमण गरेपछि विदेशमन्त्री वाङ यीको आलोचना भइरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले भियतनासँगको विवाद र शत्रुतापूर्ण व्यवहार देखाएको टिप्पणी भइरहेको जनाइएको छ । पर्यवेक्षकहरुका अनुसार भियतनामले दक्षिण चीन सागरमा गरेको विवादलाई लिएर “पुरानो कम्युनिष्ट मित्रहरूबीच बढ्दो दुश्मनी र तनाव” को परिणाम चिनियाँ विदेशमन्त्री भियतनाम भ्रमण गरेनन् ।

भियतनाम अमेरिकी प्रभावमा परेर हनोइको आन्तरिक शक्तिको राजनीतिमा अनिश्चितता बढेको चीनको बुझाइ रहेको छ । वाङ यीले शनिबार दक्षिणपूर्वी एशियाको अन्तिम यात्रा गरेर अमेरिकी राष्ट्रपति जो बाइडेन शक्तिमा आउनुअघि स्थिरता कायम राख्‍ने अपेक्षा गरेका थिए ।

गत वर्ष एसियानले युरोपेली संघलाई चीनको शीर्ष व्यापारिक साझेदारको रूपमा पछाडि पार्दै भने भियतनामले जर्मनीलाई चीनको छैठो ठूलो व्यापारिक साझेदारको रूपमा स्थापित गरेको थियो ।

यद्यपि गुआन्झाउको जिनान युनिभर्सिटीका दक्षिणपूर्व एशियाई मामिला विज्ञ झा मिङलिङका अनुसार भियतनाम पहिलो एशियाली देश हो जसले विशाल चिनियाँ टेलिकम  हुवावे टेक्नोलोजीलाई अस्वीकार गर्ने र महामारीका समयमा चिनियाँ सीमा बन्द गरेको थियो ।

वाङको क्षेत्रीय कूटनीतिको मुख्य विशेषता बनेका चिनियाँ निर्मित कोविड १९ खोपप्रति उत्साह देखाएका धेरै एसियन देशहरू जस्तो नभइ भियतनामले बेलायत, अमेरिका, रसिया र चीनबाट उत्पादन भएका खोपहरु खरिदका लागि वार्ता गरेको थियो । भियतनामले विश्वका ठूला शक्तिहरूसँग नजिकको सम्बन्धमा हालैका वर्षहरूमा स्थापित गरेको छ ।

जसले गर्दा भियतनामको आत्मविश्वास बढेको छ र यसको भूराजनीतिक महत्त्वलाई व्यापक रूपमा स्वीकारिएको छ । नेपाल् पाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x