२२ आश्विन २०८३, बिहीबार

चिनियाँ ह्याकरको फन्दामा २ नम्बर प्रदेशका मुख्यमन्त्री राउत

एसीपी संवाददाता

१९ मंसिर २०७७, शुक्रबार ०८:४३ मा प्रकाशित

जनकपुरधाम । चिनीयाँ ह्याकरहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गरेका छन् ।

देशका सात वटै प्रदेश मध्ये प्रदेश २ का मुख्यमन्त्री राउतले फरक तथटा राम्रो काम गरिरहेको बेला चिनीयाँ ह्याकरहरुले मुख्यमन्त्री राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको हो ।

मुख्यमन्त्री सचिवालयका एक नेताले भने ‘शुक्रबार बिहान ९ बजेतिर मुख्यमन्त्री राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज एकसाथै एकाएकी ह्याक भयो ।’ यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ ।

मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको जनाएको छ । नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x