३ श्रावण २०८३, आईतवार

चीनका रक्षामन्त्रीको भ्रमणमा के सिमा मिचेको मुद्दा उठला ?

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार ०४:०७ मा प्रकाशित

लक्ष्मि थारु-एसिपी संवाददाता । दुई दिने भ्रमण सकाएर भर्खर भारतीय सचिव श्रृङ्गला फर्केकै बेला र भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको नेपाल भ्रमणले गर्दा कहि नेपालको सम्बन्ध भारत तर्फ बढी नजिक भाइरहेको भन्दै चिनले आफ्नो दुत पठाउन शुरु गरेको छ । यसै पनि नेपालमा रहेको चिनियाँ दूतावास मार्फत नेकपाको बिवादमा होम्मिएको हेर्दा नेपाली जनताले यसरी नेपाली राजनीतिमा चिनको सिधा हस्तक्षेप भएको ठहर गरेको छ । अहिले चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। यस्तो अवसरमा के नेपाल सिमा मिचेको हुम्ला घटना बारेमा कुरा हुने नहुने नेपाली जनताको चासोको बिसय बनेको छ । पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरू बेला समेत सिमाका बिसयमा कुरा भएको छ भने यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।
एक्कासि चिनको यो मन्त्रीको दौरा मात्र दक्षिण प्रभावलाई कम गर्ने कोसिस बाहेक र नेकपाको बिवादलाई समेत चासो राखेको रुपमा हेरिन्छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक दिने नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ। नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतले आफूप्रति निरन्तर उठाएको चासोलाई सन्तुलनमा राख्न चिनियाँ राष्ट्रपति सी जिङफिङले रक्षामन्त्री फेङहेलाई नेपाल भ्रमणमा पठाएको हुन सक्ने अनुमान गर्न सकिन्छ । चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमण रक्षा मामिलाभन्दा पनि बढी राजनीतिक केन्द्रित हुने रहेको छ । तर, सबैभन्दा बढी समय रक्षामन्त्री फेङहेले जंगी अड्डामा बिताउने र नेपाली सेनासँगको स्थायी र बलियो सम्बन्ध रहेको सन्देश दिनेछन् अहिले नेपाली सेना सङ अमेरिकी सेनाको सहकार्यलाई समेत चिनको चासोले हेरि रहेकोले आफ्नो रक्षा मन्त्री लाई पठाएको अनुमान गरेको छ ।
चिनियाँ रक्षामन्त्री फेङहेले प्रधानमन्त्री ओलीसँगको भेटमा नेकपाभित्र देखिएको मतभेदबारे समेत चासो राख्ने स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीसँगको भेटमा फेङहेले नेपाली सेनालाई गर्ने सहयोगबारे पनि छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले अहिले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्। भेटमा नेपाल–चीनबीचको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसियटिभ, रक्षा सहायतालगायत विषयमा छलफल हुनेछ। चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष सन्देश लिएर आउन लागेका रक्षामन्त्री फेङहे र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीति, सुरक्षा मामिलाबारे समेत छलफल हुने स्रोतले बताएको छ। प्रधानमन्त्रीले अमेरिकी एमसीसी परियोजना पास गर्ने भनी पटक पटक प्रधानमन्त्रीले अभिब्याक्ती दिदै आएकोले अहिले सबै भन्दा यसको प्रभाव या चिन्ता मानेको चिनले यो प्रधानमन्त्रीको रणनीतिका कारण झन स्रोतले बताएको छ। अहिले चासोको बिसय के चीन विरुद्ध नेपालमा चलेको बिरोधको बिसयमा समेत चासो लिने छ्न । अहिले नेपाली जनता पटक पटक चीन विरुद्ध गो ब्याक चाईना भन्दै प्रदर्शन गर्दै आएका छन् । सिमा मिच्न पाईदैन गो ब्याक चाईना देश भर बिरोध प्रदर्शन हुनुका कारणको बारेमा छ्लफल हुने अनुमान गरेको छ । नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका जीवन साहीको प्रतिवेदन र तेस पछि चिनको ग्लोबल टाईम्सले नेपाली काङ्ग्रेस भारत परस्त रहेकोे आरोप लगाए पछि र काङ्ग्रेस प्रतीउत्तरमा उतरिएको बिसयमा नेपाल सरकारले आफ्नो कुरा राख्ने न राख्ने समेत चासोको विषय बनेको छ । अहिले चिन रक्षामन्त्रीले नेपाली काङ्ग्रेसलाई भेट्ने कि नभेटने टुंगो लागेको छैन । हुम्लामा चिनले निर्माण गरेको भवन नेपाली भुमीमा रहेकोे नेपाली जनताले दावी गर्दै आएको छ भने नेपाल सरकारले सो बिसयमा सिमा नमिचेको भन्दै आईरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x