१४ आश्विन २०८३, बुधबार

चीनमा एक होलसेल बजारका ४५ जना कोरोना संक्रमिण प्रमाणित भएपछि आफूलाई युद्धकालीन समयमा राखेको भनाई

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार ०५:०१ मा प्रकाशित

फाइल तस्बिर

चीनको राजधानी बेइजिङको एक होलसेल बजारका ४५ जना मानिसमा कोभिड १९ कोरोना भाइरस संक्रमण प्रमाणित भएपछि उसले आफूलाई ुयुद्धकालीन समयमाु राखेको छ।

योसँगै राजधानीले शनिबार सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

संक्रमित फेला परेसँगै ची्नको त्यो स्थानमा कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका हुन थालेको छ।

सहरको दक्षिण पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका जिल्ला अधिकारीले बताएका छन्।

उनीहरू कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन।

संक्रमण प्रमाणित भएसँगै एसियाकै ठूलो होलसेल कृषि बजार ठानिएको सो क्षेत्रलाई चौबिसै घण्टा सुरक्षाकर्मीको उपस्थिति रहनेगरी लकडाउन गरिएको छ।

ुआममानिसको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने सिद्धान्त अनुसार हामीले सिङ्फाडी बजार र त्यसको सेरोफेरो लकडाउन गरेका छौं,ु ती जिल्ला अधिकारीले भने।

सो जिल्लालाई ुयुद्धकालीन आपतकालको अवस्थामाु राखिएको उनको भनाइ छ।


बजार बन्द गरिएसँगै भाइरस संक्रमणको दोश्रो चरण सुरू हुन लागेको आशंका बढाएको छ।

कोरोनाको महामारीका कारण संसारभर ७६ लाख बढी मानिस संक्रमित बन्नुका साथै ४ लाख २० हजार मानिसले ज्यान गुमाइसकेका छन्।

पछिल्लो घटनाले कोरोना भाइरस नियन्त्रणमा ठूलो सफलता हात पारेका देशमा पनि कोरोनाको ुक्ल्स्टरु सजिलै उत्पन्न हुनसक्छ भन्ने देखाएको छ।

संक्रमित फेलापरेपछि सो खुद्रा बजारलाई शनिबार अपराह्न ३ बजे बन्द गरिएको थियो। एक मासु अनुसन्धान केन्द्रमा काम गर्ने दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि सो बजार बन्द गरिएको हो। उनीहरू हालैको दिनमा सो बजार पुगेका थिए। उनीहरू कसरी संक्रमित भए भन्ने बारेमा स्पष्ट हुन सकेको छैन।

भाइरस भेटिएपछि शनिबार बजारको प्रवेशबिन्दु बन्द गरिएको थियो भने ती स्थानमा प्रहरीले सुरक्षा दिइएको छ। बेइजिङका अधिकारीले यसअघि सो बजारमा हुँदै आएको गाई र खसीको मासु व्यापार बन्द गरेको थियो। उसले सहरका अन्य होलसेल बजार पनि बन्द गरेको छ।

थप संक्रमित पत्ता लगाउन सो बजारका १० हजार मानिसको न्यूक्लिक एसिड टेस्ट गर्ने योजना बनाइएको छ।

सो बजारमा दैनिक १५ सय टन सी(फुड, १८ हजार टन तरकारी र २० हजार टन फलफूलको कारोबार हुँदै आएको थियो।सेतोपाटीमा पुष ३१ गते प्रकाशित भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x