९ मंसिर २०८३, मंगलवार

चीनमा ठुलो भुकम्प १ सय ११ जनाको मृत्यु थप विवरण आउन बाकी

एसीपी संवाददाता

३ पुष २०८०, मंगलवार ०८:५७ मा प्रकाशित

चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।  चीनको सरकारी समाचार एजेन्सीका अनुसार भूकम्पका कारण मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

शक्तिशाली भूकम्पका कारण गान्सु र छिङहाइ प्रान्तमा दुई सयभन्दा बढी घाइते भएका समाचारमा जनाइएको छ ।  सिन्ह्वाका अनुसार छिमेकी प्रान्त छिन्घाईको हाइडोङ सहरमा पनि नौ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन् ।  चीनको आधिकारिक समाचार मिडिया ग्लोबल टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबारे महत्वपूर्ण निर्देशन दिएको जनाएको छ।  राष्ट्रपतिको निर्देशनबमोजिम प्रभावितको उचित पुर्नस्थापना र जनताको सुरक्षित उद्धार लगायतका बृहत् खोज तथा उद्धार कार्य अत्यन्त जरुरी छ ।

शक्तिशाली भूकम्पबाट भएको क्षति
शक्तिशाली भूकम्पका कारण धेरै घरहरु भत्किएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।  यसका साथै कयौं घरमा ठूलो क्षति पुगेको छ ।  भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरु डरले घरबाहिर निस्केर सडकमा दौडिन थाले ।  चीनको गान्सु र छिङहाइ प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पपछि मंगलबार (डिसेम्बर १९) बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

भूकम्पको म्याग्निच्युड अमेरिकी भूगर्भ सर्वेक्षणले ५.९ र सिन्ह्वाले ६.२ मापन गरेको छ ।  छिङहाइ प्रान्तको सिमानामा रहेको गान्सु प्रान्तमा भूकम्पका कारण केही स्थानीय गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको समाचारमा जनाइएको छ ।  यसबाहेक सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा खसेको छाना र अन्य भग्नावशेष देख्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x