१२ असार २०८३, शुक्रबार

चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै कपिलवस्तुमा प्रदर्शन

एसीपी संवाददाता

२२ आश्विन २०७७, बिहीबार १५:५५ मा प्रकाशित

राजकुमार चमार २२ असोज, । चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै जिल्लामा प्रदर्शन भएको छ ।

नेपालको हुम्ला जिल्लाको लाप्चामा जमिन मिचेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउदै त्रिकाल युवा क्लब विजयनगरले कपिलवस्तुमा प्रदर्शन गरेको हो । देखि बन्द रहेको नेपाल भारत सीमा अब खुल्नु पर्ने । डाक्टर केसीको माग तत्काल पूरा गर्नुपर्ने र बलत्कारीलाई फासी र तत्काल महिला हिँसा, भ्रष्टाचार गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने उनीहरुको माग थियो ।

चीनले नेपालको भुभाग मिच्दै गर्दा पनि नेपाल सरकार किन मौन रहेको? जस्ता विभिन्न प्रश्न गर्दै प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका थिए ।

महिला हिंसा बढयो भन्दै नेपालकी राष्ट्रिय पति बिद्यादेवी भणडारीको पुतला समेत दहन गरेका थिए ।

त्रिकाल युवा क्लब विजयनगर गाउँपालिका अध्यक्ष कैलाश कुर्मी अनुसार कुसुम यादव, राम प्रकाश कुर्मी, सहदेव यादव, शिवनारायण तेलि, अजय पासी, राम किशोर कोरी लगायतको उपस्तिथिमा प्रदर्शन गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x