२ श्रावण २०८३, शनिबार

चीनले नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ बाँध निर्माण गर्दै

एसीपी संवाददाता

३० कार्तिक २०७७, आईतवार १०:१९ मा प्रकाशित

सिमकोट । चीनले फेरी पनि गरे बदमासी गरेको पाइएको छ । 

चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा बदमासी गरेको  पाइएको जनाइएको छ । चीनले हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको हो। 

चीनले नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ निर्माण गरेको उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ । नेपाली पक्षको कहिल्यै पनि उपस्थिति नहुने किट क्षेत्रमा चीनले मनोमानी रुपमा नदीको कटानबाट आफ्नो भूभागको सुरक्षा तटबन्धन निर्माण गरेर नदीको बहाव नेपालतर्फ फर्काएको नाम्खा गाउँपालिकाका अध्यक्ष पेमा लामाले बताए ।

त्यो पनि कर्णाली नदी किनारको नेपाल पट्टीको ढुङ्गा लगेर उक्त तटबन्धन निर्माण गरिएको छ । यसबाट चीनको भूभाग कटानबाट सुरक्षित भएको छ भने नेपाली भूभाग कटानको जोखिममा परेको छ । यसरी अर्काको जमिनको ढुङ्गा लगेर आफ्नो जमिनलाई सुरक्षित बनाउनु तर अर्काकोलाई जे सुकै होस् मतलव नहुनु हेपाहा प्रवृत्ति भएको कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए। 

उक्त क्षेत्रमा जान चीनतर्फबाट सडक सञ्जाल पुगेको छ भने नेपालतर्फबाट घोरेटो बाटो पनि राम्रो छैन । चीनले किटमा कहिले तटबन्धन निर्माण गरेको हो भन्ने पनि नेपाली पक्षलाई थाहा छैन । सीमा सुरक्षा पोष्ट हिल्साका प्रहरी आफू सीमा अनुगमन गर्न जाँदा नेपाली किनाराका ढुङ्गा उखेलेर लगि चिनियाँ क्षेत्रमा तटबन्धन गरेको देखिएको बताउँछन् । नेपाल पाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x