१२ असार २०८३, शुक्रबार

चुनावबाट भाग्दै छन् दाहाल र नेपाल् – मुख्यमन्त्री पोख्रेल

एसीपी संवाददाता

३ माघ २०७७, शनिबार १६:५३ मा प्रकाशित

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली पक्षीय नेता शंकर पोखरेलले चुनावसँग डराएर पुष्पकमल दाहाल र माधव नेपालले निर्वाचन आयोगमा धाएर चुनाव रोक्न बिन्ती गरेको बताएका छन् ।

काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशका लागि वैशाखमा चुनाव गराउने भन्दा त्यसलाई रोक्न हतारहतार गरेर आयोग पुग्नु दाहाल–नेपाल जनतासँग परीक्षण हुन डराएको दाबी गरे ।
ओली पक्षीय नेकपाले शनिबार सन्धिखर्कमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले आफूहरु (दाहाल–नेपाल) चुनावसित भाग्ने अनि जनताकोबीचमा जाने भन्दा प्रधानमन्त्री ओलीलाई तानाशाह भन्न खोज्नु गलत भएको टिप्पणी गरे । ‘सडकमा गएर पैठेजोरी खेल्ने होइन, आफूलाई जनतासँग परीक्षण गराउनुस्,’ उनले भने, ‘जनताले पत्याउँछन् भने (दाहाल) बल्ल प्रधानमन्त्री बन्नुहोला । अब प्रतिनिधिसभा पुन:स्थापनाको रोइलो नगर्नुस् ।’ उनले अब ताजा जनादेशमा गएर जनताले जसलाई मत दिन्छन्, उसैले सरकारको नेतृत्व गर्ने बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनको बेला दाहाल र नेपालको निर्वाचन क्षेत्रमा ओली पुगेर भोट मागिदिनु परेकाले अब आउँदो चुनावमा जनताले मत दिन्छन् भन्ने विश्वास नभएर उहाँ (दाहाल–नेपाल) हरु जनतामा जाने विषयमा डराएको पोखरेलको दाबी छ । प्रतिनिधिसभा विघटनको विषय अदालतमा गएकाले अदालतले गरेको फैसला मान्य हुने बताउँदै वैशाखमा हुने चुनावी तयारी गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । उनले दाहाल–नेपाल कमजोर धरातलमा रहेकाले चुनावमा हारिन्छ भनेर डराएको दाबी गरे ।

प्रतिनिधिसभा विघट्न गराउनुको मुख्य भूमिका दाहालको भएको आरोप लगाए । ‘नेकपालाई विभाजन हुनबाट रोक्न धेरै प्रयत्न गरौं,’ उनले भने, ‘उहाँहरु (दाहाल–नेपाल) एकता भत्काउनै लाग्नुभयो । रोक्न सकिएन ।’ सडकमा गएर ढुंगामुढा गर्ने, जनतालाई भ्रममा पार्ने काम बन्द गरेर चुनावमा जान उनले दाहाल नेपाललाई आग्रह समेत गरे । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x