१५ आश्विन २०८३, बिहीबार

चेन्नइको सपना ध्वस्त १० विकेटले पराजित

एसीपी संवाददाता

८ कार्तिक २०७७, शनिबार ०५:२१ मा प्रकाशित

फाइल तस्बिर

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंसमाथि शानदार जित दर्ता गरेको छ। शुक्रबार राति भएको खेलमा मुम्बईले १० विकेटको शानदार जित निकालेको हो।

टस जितेर मुम्बईले चेन्नईलाई पहिले ब्याटिङको निम्ता दिएको थियो। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएपछि मुम्बईले ११५ रनको झिनो लक्ष्य कुनै विकेट नगुमाई मात्र १२.२ ओभरमा भेट्टायो।

मुम्बईका लागि विष्फोटक ब्याटिङ गरेका इशान किसनले ६८ रन बनाए। उनले ३७ बलमा ५ छक्का र ६ चौका हिर्काए। त्यस्तै क्वीन्टन डी ककले ४६ रन जोडे। उनले २ छक्का र ५ चौका हिर्काए।

यसअघि ब्याटिङ गरेको चेन्नईका साम कुरान बाहेक अन्य ब्याटसमेनले उल्लेख्य रन जोड्न सकेनन्। कुरानले ४७ बलको सामना गर्दै ५२ रन बनाए। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले १६ रन तथा इम्रान ताहिरले १३ रन जोडे।

चेन्नईलाई झिनो स्कोरमै रोक्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै मात्र १८ रन खर्चिए। त्यस्तै जसप्रित बुम्राह र राहुल चाहरले २÷२ विकेट हात पारे भने नाथन कोल्टर निलको नाममा १ विकेट रह्यो।

जितसँगै मुम्बई शीर्षस्थानमा उक्लिएको छ। मुम्बईले १० खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक बटुलेको छ। दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले पनि १० खेलबाट १४ अंक जोडेको छ। नेट रनरेटका आधारमा दिल्लीभन्दा मुम्बई अगाडि रहेको हो।

चेन्नई भने ११ खेलबाट ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहेको छ। एजेन्सीहरुबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x