१४ आश्विन २०८३, बुधबार

छिमेकी मान्ने चीनले पछिल्लो समय निरन्तर दु:ख दिइरहेको छ

एसीपी संवाददाता

७ माघ २०७७, बुधबार १५:५७ मा प्रकाशित

काठमाडौं। नेपालमा चीन निकट हुनेलाई राष्ट्रवादी र भारत निकट हुनेलाई राष्ट्रघाती व्यवहारले हेरिन्छ । तर चीन व्यापारी मानसिकताको छिमेकी हो भन्ने राष्ट्रवादीहरुले बुझेका छैनन् । तर यसको कुरा व्यवहारिक रुपमा कोभिड महामारीको बेला प्रष्ट भएको छ ।

वास्तविक नेपाली भएर हेर्ने हो भने हामीले असली छिमेकी मान्ने चीनले पछिल्लो समय निरन्तर दु:ख दिइरहेको छ । नाकामा स्वास्थ्य सामग्री बोकेका ट्रकहरु रोकिरहेको छ । कपडा र फलफूलका ट्रक रोकिएर कुहिएर खराब भएको छ । तर कोभिडमा चीनले ट्रक रोकिरहँदा भारतले भने बेला बेला सहयोग गर्योक ।

बेला बेला विभिन्न मन्त्रालयमा गएर भेन्टिलेटर लगायत स्वास्थ्य सामग्री दिइरह्यो । अहिले खरिद गरेर ल्याएका सामान समेत चीन सरकारले महिनौंदेखि सीमामै रोकेर राखेकोप्रति उद्योगमन्त्री लेखराज भट्टले हिजो असन्तुष्टि व्यक्त गरे ।

कोरोना भाइरसको महामारीका बेला भारत सरकारले १० लाख डोज खोप नेपाललाई निःशुल्क उपलब्ध गराएकोमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिए ।

सी चिनफिङ अवधारणाका मोटा–मोटा किताब चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट निःशुल्क पाएका कमरेडहरूलाई मोदीको ‘गेरु वस्त्र’ मन पर्दैन र फ्याट्ट राष्ट्रवादी पल्टेर मोदीले निःशुल्क पठाएको खोप लगाउँदैन भनिदिन बेर छैन ।

राष्ट्रवादी कमरेडहरूले चीनकै खोपको प्रतिक्षा गर्लान् । अँ किनेको उपभोग्य सामान त सीमामै रोक्ने चीनले कमरेडहरूका लागि निःशुल्क खोप पठाउँला त ? । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x