३२ असार २०८३, बिहीबार

जग्गाको नक्कली जग्गाधनी श्रेस्ता , लालपुर्जा लिई ठगी गरेको आरोपमा ३ जना पक्राउ

एसीपी संवाददाता

११ माघ २०८१, शुक्रबार १०:१४ मा प्रकाशित

नेपालगन्ज – अर्कैको नामको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना पक्राउ परेका छन्। 

बाँकेबाट खटिएको प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनीहरूलाई माघ ८ गते काठमाडौंमा बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरी बाँके ल्याएको हो । उनीहरूले बाँकेको डुडुवा गाउँपालिका– ५ को ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाई काठमाडौंमा शाखा रहेको बैंकबाट कर्जा लिएका थिए। सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका– ८ का रेश्मा श्रेष्ठको थियो।

गौरव, ईश्वरी र दिलिपले कर्जा लिएको रकम आपसमा बाँडफाँट गरी ठगी गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुष प्रसाद जोशीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x