१८ भाद्र २०८३, बिहीबार

जनता समाजवादी पार्टी नेपाल बाँकेद्वारा जिल्ला समिति बिस्तार

एसीपी संवाददाता

५ पुष २०८१, शुक्रबार १२:०८ मा प्रकाशित

नेपालगञ्ज – जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ । नेपालगञ्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता दिएको हो ।

समितिले यसअघि नै जिल्ला अध्यक्षमा कौशल कुमार धोवी, उपाध्यक्षद्धयमा रमारानी वैश्य, र अकबर अलि खाँ, सचिवमा सूर्यलाल यादव, सहसचिवद्धयमा श्याम प्रसाद श्रेष्ठ र राहिल किंघरिया र कोषाध्यक्ष रचना प्रधान गुभाजु चयन हुनुभएको थियो ।

भेलाको प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सचिवसमेत तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको बिस्तार गरिएको बताउनुभयो ।

उहाँले सोही निर्णयअनुसार नै पार्टीको जनवर्गीय संगठन बिस्तारलगायतको कार्यक्रम निरन्तर रुपमा हुने र पार्टीको विभिन्न स्थानीय तहहरुमा संगठन निर्माण कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राम कुमार यादव, केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बेवी तबस्सुम अन्सारी र इस्तियाक अहमद शाहलगायतले पार्टीको संगठन निर्माण गतिबिधिका बारेमा चर्चा गर्नुभएको थियो ।

भेलामा पार्टीका लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना मगर, प्रदेश सचिव शुशिला पौडेल, सदस्य उत्तम गुप्ता, महिला संघकी केन्द्रीय सदस्य मधु सोनकर, समाजवादी दलित मुक्ति संगठनका प्रदेश अध्यक्ष अयोध्या प्रसाद पासी, विद्यार्थी संघ प्रदेश सदस्य सरस्वती बर्मा, समाजवादी युवा संघ बाँकेका कोषाध्यक्ष श्यामा यादव, समाजवादी खेलकुद संघका अध्यक्ष साजिद खाँ, समाजवादी महिला संघ बाँके अध्यक्ष खुश्बु श्रीवास्तव, सहसचिव चादनी शाह, कोहलपुरका मेघ बहादुर सुनार, नरैनापुरका कमसर खाँ, गंगाराम मौर्य, दिनेश कुमार शर्मा लगायतले पार्टीको विषयमा आआफ्नो सुझाव तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ३१ जनालाई केन्द्रीय सचिवले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष धोवीको अध्यक्षतामा सम्पन्न भेलालाई सचिव यादवले संचालन गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x