११ मंसिर २०८३, बिहीबार

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा मसाल जुलुस

एसीपी संवाददाता

१२ पुष २०७७, आईतवार ०१:५६ मा प्रकाशित

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै जनता समाजवादी पार्टी नेपालले शनिबार देशव्यापी मसाल जुलुस निकालेको छ ।

यसै क्रममा जनता समाजवादी पार्टी नेपाल सप्तरी पनि मसाल जुलुस निकालेको थियो । मसाल जुलुस प्रदर्शन गर्दै जसपाले असंबैधानिक कदम फिर्ता लिन माग गरेको छ ।  विघटनको बिरोधमा स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी  गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।

 मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधीसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबजी गरेका थिए ।

मसाल जुलुसपछि स्थानिय नेता चौकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए । उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उद्घोष समेत गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x