२ श्रावण २०८३, शनिबार

जनप्रतिनिधी सहित एमाले छाडी ३ दर्जन बढी काँग्रेशमा प्रवेश

एसीपी संवाददाता

२२ आश्विन २०७७, बिहीबार १४:११ मा प्रकाशित

तस्बिर-न्यू सञ्चार

जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधि सहित तीन दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्य सहित ३ दर्जनबढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र अर्का वडा नैनसरा बिक लगायत नेपाली कांग्रेसमा प्रवेश गरे । यस्तै नेकपाका वडा सचिव शेरबहादुर खत्री, कर्ण बिक, युवा संघका नेता डिलबहादुर खत्री, डिलबहादुर क्षेत्री, गणेश शाही, केशवप्रसाद रेग्मी, धन खत्री, वीरबहादुर खत्री, जय बहादुर नेपाली, वसन्त खत्री, देवबहादुर शाही, खगिसरा खत्री, प्रेमबहादुर शाही, मंगल खत्री, गजबहादुर पाइजामगर, भरत शाही, हेमन्तबहादुर शाही लगायत पनि कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिबन्धित क्षेत्रमा लुम्बिनी प्रदेश हो र ?

प्रतिबन्धित क्षेत्रमा लुम्बिनी प्रदेश हो र ?

नवप्रवेशीलाई पूर्व सभासद एवं नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले पार्टी सदस्यता दिएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी, युवा नेता शेरबहादुर शाही, जनक शाही, जसबीर ओली, भक्त बहादुर थापा, कृष्ण बहादुर शाही, वडा सभापति भक्तबहादुर शाही लगायतले नवप्रवेशीहरुलाई माला अविर लगाएर स्वागत गरेका थिए । न्यू सञ्चार बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x