२ श्रावण २०८३, शनिबार

जनमतको डुडुवा-६ मा अधिवेशन २०० प्रवेश

एसीपी संवाददाता

२२ कार्तिक २०७७, शनिबार ११:३७ मा प्रकाशित

जनमत पार्टी बाँकेद्वारा डुडुवा-६ को अधिवेशन सम्पन्न गरेको छ । शनिवारका दिन संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख आतिथ्यमा आजको अधिवेशन गरिएको जानकारी जिल्ला नेता अब्दुल वाहिद शेषले जनाएका छन, कार्यक्रम अध्यक्षता नेपाली काँग्रेसका सात साल देखिका संस्थापक सदस्य एंव पूर्व गाविस अध्यक्ष परित्याग गरि जनमतमा प्रवेश गर्ने आशिक अलि शेषको अध्यक्षतामा गरिएको हो, कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला संचार प्रमुख हरपाल सिंह, शैलेन्द्र कुमार कर्ण, संस्थापक सदस्य जाबिर हल्वाई, रियाज अंसारी, बङ्गे चमार, जोया शेष, आलिया खान, नाजमा बागवान, मुजफ्फर शेष, राजू अंसारी, नौसाद अंसारी, हुशेन अंसारी, मुस्तफा अंसारी, अक्षय सोनकर, हशन मोहम्मद शेष, दाउद शेष, मेराज दर्जि लगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो। डुडुवा-६ को अध्यक्षमा राम निवास तेली(शाहू) सर्वसम्मत ले चयन भएका छन, त्यस्तै उपाध्यक्ष चन्द्रिका प्रकाश कोरी, सचिव गोरखनाथ मौर्या कोषाध्यक्ष रुकशाना शेष, सदस्यद्वय राम आधार मौर्या, मेहरुल शेष, राम सागर मौर्या, मुने लोध, मनोहर महावत, गीता रैदास र मेराज दर्जि लगायत ११ सदस्यीय समिति चयन भएको छ, कार्यक्रममा बोल्दै नेता इरफान शेषले मधेशको समस्या समाधानको लागि जनमत गठन गरिएका छौं भनाई राखेका छन, कार्यक्रम बोल्दै नेता शेषले अब मधेशमा आप्रवासन लगायतको समस्याको समाधान स्वराजिहरुले नै गर्ने, मधेशको अशिक्षा नेपाली शासकहरुको देन भएको ठह्रयाएका छन, मधेशमा बेरोजगारी , राज्यबिहिन नागरिक लगायतका समस्या नेपाली शासकहरुले उब्जाएका देन भएको भनेका छन। अब मधेशमा काँग्रेस , कम्युनिस्ट , राप्रपा , जसपा होइन मधेसी जनताको पार्टी जनमत पार्टी नै भएको भनेका छन।
आजको भेला पश्चात् संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेषको हातवाट लगभग२०० जनाको हाराहारी पार्टी काँग्रेस , कम्युनिस्ट , राप्रपा , जसपा, लगायत पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन, प्रवेशको क्रममा संघीय विकासवाद पार्टी नेपालका राष्ट्रिय(केन्द्रीय ) उपाध्यक्ष तथा संघीय संसद प्रत्यासी मुने बेहना तथा नेपाली काँग्रेसका संस्थापक सदस्य तथा पूर्व दुई पटकका गाविस अध्यक्ष आशिक अलि शेष, माओवादीका सदस्य जलालु शेष, लगायत समेत प्रवेश गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x