१ श्रावण २०८३, शुक्रबार

जनमत पार्टी बाँकेको अन्तरक्रीया र छलफल कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२० आश्विन २०७७, मंगलवार ०६:३४ मा प्रकाशित

मनोज कुमार तमोली
२० असोज, बाँके । जनमत पार्टी बाँकेले डुडुवा गाउँ पालिका छ सुब्बापुर्वामा अन्तरक्रिया तथा छलफल कार्यक्रम भव्यपुर्ण रुपमा सम्पन्न भएको छ ।
मधेश अभियन्ता सिके रावत नेतृत्वको जनमत पार्टी बाँकेले जिल्लामा पार्टी बिस्तार गर्ने क्रममा सोमबार एक विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
२०७५ सालमा स्थापना भएको जनमत पार्टी बाँकेले जिल्लाको पार्टी बिस्तार अन्तर्गत बाँकेको डुडुवा गाउँ पालिका छ सुब्बापुर्वामा जनमत पार्टीका केन्द्रिय सदस्य इरफान शेषको निवास स्थित कार्यक्रमको आयोजना गरेको थियो ।

करिब राती १० बजे सम्म संचालित कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य इरफान शेषले भने “जनमत पार्टी अन्तर्गत रहेर हामीले राजनीति गर्ने होइन बरु मधेस जनतालाई राजनीति गर्न सिकाउन लागी आएका छाै। जनताको लागि निस्वार्थ भावनाले काम गर्छु भनेर चुनावको समयमा जनतालाई बेकुप बनाएर भोट लिएर जिति सके पश्चात जनता कुन हालतमा छ भन्ने विषयमा कुनै नेता राजनीति दल हेर्न समेत आएको छैन्न।” उनले प्रश्न गर्दै भने, आज ती राजनिती दल र नेता कहाँ छन जस्ले भन्दै गर्थियो म सामाजमा घटिरहेको घटनालाई, भ्रष्टाचारीलाइ कार्वाही गर्छु, सभ्य सामाजको निर्माण गर्छु? त्यसैले जनता जागरूक हुन जरुरी रहेको शेषले बताए । मधेस अभियानता रावत लगायतका जनमत पार्टी संग आबद्ध कार्यकर्ताहरु जनताकै लागी जेल समेत भोग्दै आएका छन ।” नेपाल सरकारले नेपाली नागरिकता विषयमा समेत आफ्नो धारण राखेका थिए ।
उनले सिके रावतको सानो परिचय जोडदै भने, “सिके रावतको पुरा नाम चन्द्रकान्त राउत हो, (नेपाली: चन्द्र कान्त राउत) एक नेपाली कम्प्यूटर वैज्ञानिक, लेखक र कार्यकर्ता हुन्। उनी मधेसी जनताका लागि देश स्थापना गर्न स्वतन्त्र मधेस गठबन्धनमा सक्रिय थिए। उनलाई प्रायः नेपाल सरकारले नजरबन्दमा राख्छ। अर्को एकल देशको लागि आन्दोलनले 2019 मा जनमत पार्टीको गठन गर्‍यो।

जनमत पार्टी बाँके सदस्य शैलेन्द्र कर्णले हाल जनमत पार्टी बाँके पार्टी बिस्तारको क्रममा रहेको हुँदा शिशु अवस्थामा रहेको बताएका छन । शिशु अवस्थामा भए पनि संघर्ष गरि रहेका छाै अवश्य पनि एक दिन फल प्राप्ति हुने विषयमा जोड दिए । अहिले मधेस दु:ख भोगी रहेको, सेवा सुबिधाबाट बन्चित रहेको भन्दै नागरिकता विषय समेतमा जोड दिए ।
कार्यक्रमका अतिथि मुजफर शेषले भने, “म केहि समय अघि नेकपा पार्टीको सदस्य थिए, तर पार्टी सरकारमा गए पश्चात गरेको केही काम र गतिविधि प्रती असन्तुष्टि भएकै कारण आफुले जनमत पार्टीमा प्रवेश गरेको बताए ।”
यस्तै महिला सदस्य नाजमा बागवान, रियाज अन्सारी, जाबिर हल्वाइ लगायतका नेता कार्यकर्ताले आफ्ना मन्तव्य राखेका थिए ।

विद्यार्थी जनमत संघका रियाज अन्सारीले संचालन गरेको कार्यक्रममा करिब २०० बन्दा बढी गाउँघरका व्यक्तिहरु बिच पार्टीको अधिबेशन, बिस्तार कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x