११ मंसिर २०८३, बिहीबार

जनमत पार्टी बाँकेको आयोजनामा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

४ पुष २०७७, शनिबार १७:०९ मा प्रकाशित

जनमत बाँकेको आयोजनामा पार्टीद्वारा पिकनिक प्रशिक्षणको आयोजना गरिएको एक नेताले जनाएका छन आजको प्रशिक्षणमा विभिन्न पार्टीहरुको सामना कसरी गर्ने, आफ्नो कुरा जनताको बिचमा कसरी प्रस्तुत गर्ने? जनमत पार्टी र अन्य पार्टीमा के-के भिन्नता रहेको छ त्यसबारेमा प्रशिक्षण दिइएको जानकारी नेता मोहम्मद हुशेन शाहले दिइएका छन, आजको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, उपाध्यक्ष दिपक पासी, हेमराज धोबी, शुनील बर्मा, प्रशुराम आर्या, राजित बर्मा, नसिमुन शेष, नाजमा बागवान, जाबिर हल्वाई, शीला रैदास, हुशेन अंसारी, रियाज अंसारी, अब्दुल वाहिद शेषले मन्तव्य राखेका थिए, मुख्य प्रशिक्षकको रूपमा केन्द्रीय नेता इरफान अहमद शेष थिए उहाँले कार्यक्रमकै शुरुवातमा नेता शेषले जनमत र अन्य पार्टीमा रहेको भिन्नताको बारेमा प्रकाश पारेका थिए, प्रशिक्षण दिइने क्रममा उहाले अन्य पार्टीको भ्रटाचार, उनीहरूले गरेका गद्दारी , हत्या हिंसा , मधेशमा गराइएको आप्रवासन, बेरोजगारी श्रृजना, अशिक्षा लगायतको बिषयमा अबको दिनमा उजागर गर्ने सुझाव सबै नेताहरुलाई दिएका छन, हामी पछिल्लो कैयौं वर्ष देखि मधेशलाई राजनीतिक पहुँचको लागि संघर्षरत छौं भन्ने कुरामा कुनै दुईमत नरहेको भनेका छन। अबको दिनमा संगठन कसरी बनाउने र प्रशिक्षण कसरी दिने बारेमा समेत सचेत गरेका छन , कार्यकर्ताहरुलाई हाम्रो संघर्ष र हामी संग रहेको मुद्दाहरुलाई जनता समक्ष पुर्‍याउने जिम्मेवारी अब हाम्रो नेताहरुको काँधमा आएको समेत नेताहरूलाई भनेका छन। आजको कार्यक्रममा जिल्लाको विभिन्न स्थानवाट लगभग ३०० सय जना नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला नेतृत्वको समेत उच्च उपस्थिति रहेको नेता अब्दुल वाहिद शेषले जनाएका छन। महिला नेता नसिमुन शेषको विशेष प्रयासमा जिल्लाको विभिन्न स्थानमा महिला संगठनको बिस्तार भइरहेको एकजना महिला नेता कुन्नी चमारले जनाएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x