११ मंसिर २०८३, बिहीबार

जनमत पार्टी बाँकेद्वारा १८ मा प्रथम वडा अधिवेशन सम्पन्न

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार १३:०२ मा प्रकाशित

जनमत पार्टी बाँकेको आयोजना उक्त कार्यक्रम गरिएको हो आजको भेलावाट वडा अध्यक्षमा सर्वसम्मतले प्रकाश कुमार सोनकर, उपाध्यक्ष सुगा सोनकर , सचिव धर्मराज बर्मा, कोषाध्यक्ष अमीन शेष लगायत ११ सदस्यीय वडा समिति चयन भएको छ। आजको कार्यक्रम पप्पू दर्जीको अध्यक्षतामा गरिए थियो भने कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रीय सदस्य इरफान अहमद शेष, अतिथीमा जिल्ला अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष रियाज अंसारी, डुडुवा गाउँपालिका अध्यक्ष अब्दुल वाहिद शेष, विद्यार्थी जनमतका केन्द्रीय सदस्यद्वय अक्षय सोनकर र मुकिम अंसारी(शेष), युवा नेता राजू शेष, जिल्ला वरिष्ठ सदस्य जाबिर हल्वाई, वरिष्ठ नेतृत्व मण्डल सदस्य शैलेन्द्र कुमार कर्ण, महिला जनमतका प्रमुख नेता नसिमुन शेष, रमजान शेष(जनमत डिजे), सेबु शेष लगायतको उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा स्वागत मन्तब्य शैलेन्द्र कुमार कर्णले गरेका थिए मन्तब्य राख्नेक्रममा नेता कर्णले मधेशको भलाई र अस्तित्वको रक्षा जनमत पार्टीले नै गर्न सक्ने भनेका छन, जिल्ला अध्यक्ष रियाज अहमद शेषले मधेशको नाममा राजनीति गर्नेले नै मधेशलाई बर्बाद बनाएको आरोप लगायेका छन अब आउने दिनमा मधेशको भविष्यको लागि जनमत पार्टी ले नै गर्न सक्छ भन्ने ठोकुवा गरेका छन।
नेता इरफान अहमद शेषले मन्तब्य राख्ने क्रममा अब मधेशको नेतृत्व जनमतले नै गर्न जनाएका छन समय आएको छ कि मधेशलाई पटकपटक ठगि गर्ने भाँडो मात्र बनाएको आरोप लगाएका छन, अहिले सम्म मधेशको नाममा राजनीति गरेकाले नै मधेशलाई लुटेका छन, मधेशलाई अब नेतृत्व स्वराजीहरुले गरेर मधेशमुक्तिको आधार तयार पार्ने जनाएका छन।
साथै विभिन्न पार्टी परित्याग गरि १ सय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा परिवेश गरेका छन । इरफान अहमद शेष केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x