१ श्रावण २०८३, शुक्रबार

जयसवाल परिवारलाई न्याय दिलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एसीपी संवाददाता

१२ आश्विन २०७७, सोमबार ०८:५८ मा प्रकाशित

नेपाल कलवार कल्याण समिति, काठमाडौंले वीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग राखेको छ ।

https://www.youtube.com/watch?v=0eTRfbsc2EI

समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदीय छानबिन आयोग गठन गर्नुपर्नेपनि माग गरेको छ । समितिले जयसवालको परिवारलाई उचित क्षतिपूर्तिसहित न्यायको व्यवस्था गर्नुपर्ने माग गरेको छ । समितिका अध्यक्ष रामचन्द्र साहले जयसवालको परिवारले उचित न्याय पाउनुपर्ने बताउनुभयो ।

न्यायका लागि जयसवाल परिवार धेरै दिनदेखि काठमाडौंमा रहेकोले आफ्नो परम्पराअनुसार अन्त्येष्टि गर्नको लागि शव पनि चाँडै रिलिज गर्न सरकारसँग समितिले आग्रह गरेको छ । कार्यक्रममा मृत्तक जयसवालकी भाई बुहारी पुनम जयसवालले यो प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कठोरभन्दा कठोर सजाय दिन माग गर्नुभयो ।

समितिले जयसवाल परिवारलाई न्याय दिलाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x