१७ भाद्र २०८३, बुधबार

जय महाकाल युवा समिति नेपालगन्ज बाँकेको आयोजनामा महाशिवरात्रीको अवसरमा झाकी सहितको भव्य शोभायात्रा

एसीपी संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार १७:२४ मा प्रकाशित

फागुन १४ बुधवार – जय महाकाल युवा समितिको आयोजनामा नेपालगंजमा महाशिवरात्रीको अवसरमा झाकी सहितको भव्य शोभायात्रा को आयोजना भएको छ ।

शोभायात्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ कार्यालय रानी तलाउ नजीक रहेको शिव मन्दिर बाट शुरू भई त्रिभुवन चौक , नारायण स्कूल , त्रिवेणीमोड़ , न्यूरोड सेतुबिक चौक फ़ुल्टेक्रा रोड , गगनगंज हुँदै नेपालगंज नगरको परिक्रमा गर्दै समापन भएको हो । नगर परिक्रमा पछि पुनः र्‍याली रानी तलाव शिव मन्दिरमा शोभा यात्रा सम्पन्न भएको हो ।

जय महाकाल युवा समिति नेपालगन्ज बाँकेले आयोजना गरेको उक्त शोभा यात्रामा दुई सय बढी भक्तजनहरु सहभागी रहेका थिए । शिवरात्रीको धार्मिक ठुलो मान्यता रहेको छ आज को शिव पार्बतीको मिलनको रूपमा लिने गरिन्छ ।
फाल्गुन कृष्ण चतुर्दशीको दिनमा नै महाशिवरात्रि मनाउने कारण मध्येको एउटा कारण यो दिन क्षीण चन्द्रमाका माध्यमबाट पृथ्वीमा अलौकिक
लयात्मक शक्ति आउँछ भन्ने मान्यता छ।

त्यही शक्तिले जीवनीशक्तिको वृद्धिसमेत गराउँछ। विश्वास यो पनि गरिन्छ कि, माता पार्वतीले पतिस्वरुप महादेव स्वामी पाउँ भनेर गरेको तपस्याको फल हो शिवरात्रि।

आध्यात्मिकरूपमा शिवरात्रिलाई प्रकृति र पुरुषको मिलनको रातका रुपमा पनि लिइन्छ। यो शिवरात्रिको अवधि वसन्त ऋतुको वैभवबाट उत्पन्न भएको समयका रुपमा पनि शास्त्रहरुमा उल्लेख भएको पाइन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x